बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार' को छनोट प्रक्रिया सुरु

'अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार' को छनोट प्रक्रिया सुरु

‘अन्तर्दृष्टि नमूना शिक्षक’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि समावेशी शिक्षा सञ्‍चालित देशभरका विद्यालयमा विद्यार्थीसँग सर्वेक्षण भइरहेको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- अपांगताप्रति समाजको विद्यमान नकारात्मक र पूर्वाग्रही तथा विभेदपूर्ण धारणामा परिवर्तन ल्याउन र सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्‍ने उद्देश्यले डा. कमल लामिछानेद्वारा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’को छनोट प्रक्रिया सुरु भएको छ। 

‘अन्तर्दृष्टि नमूना शिक्षक’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि समावेशी शिक्षा सञ्‍चालित देशभरका विद्यालयमा विद्यार्थीसँग सर्वेक्षण भइरहेको छ। 

यसै क्रममा पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामुलक समाजको अंग बनाउन भूमिका खेल्ने पत्रकारमध्ये एक जनालाई पुरस्कृत गर्न ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’स्थापना गरिएको जनाइएको छ।

प्रमाणपत्रसहित १० हजार राशिको यो पुरस्कारका लागि छनोटको मापदण्ड तयार पारिएको अन्तर्दृष्टि पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले जानकारी गराएका छन्।

छनोटका मापदण्ड-

- सामग्री २०७७ कात्तिक १ देखि २०७८ असोज मसान्तभित्र प्रकाशित र प्रसारित हुनुपर्ने

- अपाङ्गता क्षेत्रमा सकारात्मक र उत्प्रेरणामूलक विषयमा आधारित भइ सामग्री लेखिएको हुनुपर्ने 

- रेडियो र टेलिभिजनको हकमा आफ्नो कार्यक्रममा रिपोर्ट र अन्तर्वार्ताको माध्यमबाट अपांगतासम्बन्धी विषय प्रसारण गरेको हुनुपर्ने 

- यसरी प्रकाशित या प्रसारित सामग्री कम्तीमा दुईवटा हुनुपर्ने। तर विगतका वर्षमा समेत अपांगता क्षेत्रमा सामग्री प्रसारण र प्रकाशन गर्दै आएका पत्रकारका हकमा भने एउटा मात्रै सामग्री भए पनि मापदण्डमा समावेश गरिने

- अपांगताको सवालमा नवीनता  र सिर्जनशीलता प्रयोग भएका सामग्रीलाई प्राथमिकता दिइने

- अपाङ्गता भएका व्यक्तिहरूको मर्यादामा ठेस पुग्ने गरी प्रकाशित र  प्रसारित सामग्रीलाई मापदण्डमा समावेश गरिनेछैन ।


प्रकाशित: Sep 28, 2021| 20:04 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।