आइतबार, साउन १७, २०८३

काठमाडौंका सबै वडामा ५० वर्ष माथिका नागरिकलाई कोरोना खोप लगाइँदै

काठमाडौं महानगरपालिकाले आजबाट सबै वडाहरूमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजबाट तोकिएका वडाहरूको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन हुन लागेको हो।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजबाट सबै वडाहरूमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजबाट तोकिएका वडाहरूको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन हुन लागेको हो।

५० वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोपको पहिलो मात्रा दिइने छ। खोप अभियान १८ गतेसम्म चल्ने बताइएको छ। 

यस्तै अत्यावश्यक सेवाका व्यक्तिहरूले उपत्यकाका पाँचवटा अस्पतालबाट खोप लगाउन पाउनेछन्। राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुबाट अत्यावश्यक सेवाका व्यक्तिहरूले खाप लगाउन पाउने छन्।

 

प्रकाशित: Jul 29, 2021| 02:28 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्