काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शून्य बेरुजु हुने गरी शिक्षा बजेट कार्यान्वयन गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ। मंगलबार सबै इकाईका नाममा पत्र काट्दै केन्द्रले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि सबै निकायम गम्भीर हुनुपर्ने उल्लेख गरेको हो।
महालेखा परीक्षकका पछिल्ला प्रतिवेदनमा बेरुजुका दृष्टान्तले आर्थिक अनुशासन पालनामा गम्भीर हुनुपर्ने देखिएको भन्दै केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले यस्तो निर्देशन दिएका हुन्।
देशमा कोभिड महामारीले आर्थिक गतिविधिमा कमी आएकाले बजेट खर्चमा थप मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न निर्देशन दिएको हो। बजेट निकासा, खर्च र नियन्त्रण लगायत वित्तीय उत्तरदायित्व कायम गर्न विनियोजन अध्यादेश २०७८, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ नियमावली २०७७ को अनिवार्य रुपमा परिपालन गर्नका लागि भन्दै महानिर्देशक अर्यालले सबै इकाईलाई ६९ बुँदे निर्देशन जारी गरेका हुन्।
पूर्णपाठ