मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रशिक्षक अल मुताइरीको राजीनामा घोषणाबारे छलफल गर्न एन्फाले बोलायो बैठक

प्रशिक्षक अल मुताइरीको राजीनामा घोषणाबारे छलफल गर्न एन्फाले बोलायो बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो शुक्रबारका लागि कार्यसमितिको आपत्कालीन बैठक आह्वान गरेको छ। 
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो शुक्रबारका लागि कार्यसमितिको आपत्कालीन बैठक आह्वान गरेको छ। 

एन्फाले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले राजीनामा दिने घोषणा गरेको चौथो दिन बैठक आह्वान गरेको जानकारी दिएको हो। उसले प्रशिक्षकको फेसबुक पोस्ट र साफ च्याम्पियनसिपबारे छलफल गर्नका लागि बैठक बोलाएको हो।

गएको चैतमा एन्फाले नियुक्त गरेको कुवेती प्रशिक्षक अल मुताइरीले गएको आइतरबार राजीनामा दिने घोषणा गरेका थिए। उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै राजीनामा दिन गइरहेको बताएका थिए।

उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले अवरोध गरेको भन्दै राजीनामा दिन लागेको पनि बताएका थिए। उनले लेखेका थिए, ‘नेपाली समर्थकहरू, म एन्फाबाट राजीनामा दिँदैछु। मैले एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिन लागेको हुँ। पछिल्लो तीन हप्तामा उनले मप्रति धेरै नाटक गरिरहेका छन्।’

वरिष्ठ उपाध्यक्ष नेम्बाङले आफूले प्रशिक्षकलाई दबाब नदिएको र दिएको भए छानबिन गर्न एन्फालाई छानविन गर्न माग गर्दै पत्र बुझाएका थिए।

‘साफ च्याम्पियनसिप र राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको सामाजिक संजाल पोष्टबारे छलफल गर्न जुलाई ३० मा चार बजे बैठक बोलाइएको छ,’ एन्फाले सूचनामा भनेको छ।

नेपालले आउँदो अक्टोबरमा साफ च्याम्पियनसिप खेल्दैछ। सो प्रतियोगिता नेपालमै आयोजना गर्नका लागि साफले नेपाललाई औपचारिक प्रस्ताव गरेको छ।

प्रकाशित: Jul 28, 2021| 11:58 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।