मंगलबार, माघ ६, २०८२

राष्ट्रिय कीर्तिमान बनाउँदै बाहिरिइन् गौरिका सिंह

टोक्यो ओलम्पिकमा नेपालकी गौरिका सिंह १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउँदै प्रतियोगिताबाट बाहिरिएकी छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- टोक्यो ओलम्पिकमा नेपालकी गौरिका सिंह १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउँदै प्रतियोगिताबाट बाहिरिएकी छन्। उनले पुरानो आफ्नै रकेर्डलाई सुधार गरे पनि प्रतियोगिताको अर्को चरणमा पुग्न भने सफल भइनन्।

National life

उनले पहिलोको एक मिनेट ५६ मिलिसेकेन्डको रेकर्डलाई भंग गर्दै एक मिनेट ११ मिलिसेकेन्डको रेकर्ड कायम गरेकी हुन्। उनले आज बुधबार भएको खेलमा एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन्।

गौरिकाले यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा रेकर्ड बनाएकी थिइन्। हिट १ मा सहभागी बनेकी गौरिका आफ्नो हिटमा भने तेस्रो स्थानमा रहिन्।

उनीअघि पौडीको पुरुषतर्फ प्रतिस्पर्धा गरेका एलेक्स साहले पनि राष्ट्रिय कीर्तिमान बनाए पनि अर्को चरणमा पुग्न सकेका थिएनन्। उनले १०० मिटर फ्रिस्टाइलमा ५३ दशमलव ४१ सेकेन्डको रेकर्ड बनाएका थिए।

प्रकाशित: Jul 28, 2021| 10:44 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।