मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्राजिल टोक्यो ओलम्पिक फुटबलको क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो

ब्राजिल टोक्यो ओलम्पिक फुटबलको क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो

टोक्यो ओलम्पिक २०२० को फुटबल प्रतियोगितामा ब्राजिलले आज (बुधबार) को खेलमा साउदी अरेबियालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० को फुटबल प्रतियोगितामा ब्राजिलले आज (बुधबार) को खेलमा साउदी अरेबियालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

समूह डीको अन्तिम खेलमा ब्राजिलले साउदी अरेबियालाई ३-१ गोलले हराएको हो। ब्राजिलको जितका लागि रिचार्लिसनले दुई गोल गरे भने माथ्थिउज कुन्वाले एक गोल गरेका थिए।

खेलको १४ औं मिनेटमा कुन्वाले गोल गरेपछि ब्राजिलले अग्रता बनाएको थियो। तर २७ औं मिनेटमा साउदी अरेबियाका अब्दुल्लेलाह अल-अमरीले गोल गरेपछि खेल बरारीमा आयो।

पहिलो हाफमा खेल बराबरी भए पनि रिचार्लिसनले खेलको ७६ औं मिनेट र इन्ज्युरी समयमा गोल गर्दै ब्राजिललाई ३-१ गोलको जित दिलाएका थिए। यससँगै ब्राजिलले क्वार्टरफाइनलमा स्थान बनाएको छ।

जर्मनीविरुद्ध ह्याट्रिक गरेका रिचार्लिसनले आजको खेलमा दुई गोल गर्दै ओलम्पिकमा पाँच गोल पुर्‍याएका छन्। सायदी अरेबिया भने अंकविहीन हुँदै बाहिरिएको छ।

सोही समूहको अर्को खेलमा जर्मनी र आइभोरी कोष्ट १-१ गोलको बराबरीमा रोकिएका छन्। जर्मनीका हेनरिचले आत्मघाती गोल गरेपछि जर्मनी ६६ औं मिनेटमै एक गोलले पछि परेको थियो।

तर जर्मनीका एडुवार्ड लोनले गोल गरेपछि भने खेल बराबरी भएको थियो। सो बराबरीसँगै चार अंक बनाएको जर्मनी तालिकाको तेस्रो स्थानमा रहँदै बाहिरियो भने पाँच अंक जोडेको आइभोरी कोष्ट अपराजित हुँदै अन्तिम आठमा पुगेको छ।

आइभोरी कोष्टले ब्राजिलसँग गोलरहित बराबरी खेलेको थियो। टोक्यो ओलम्पिकको फुटबलका समूह चरणका सम्पूर्ण खेल आज सकिने छन्। यससँगै क्वार्टरफाइनल पुग्ने टिमको पनि टुंगो लाग्नेछ।

क्वार्टरफाइनलका खेल जुलाई ३१ मा हुनेछन्। सेमिफाइनल अगस्ट ३ मा हुनेछ भने फाइनल खेल अगस्ट ६ मा हुनेछ।

प्रकाशित: Jul 28, 2021| 10:33 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।