काठमाडौं– भारतको बिहारकी मञ्जु देवीका आँशु रोकिएका छैनन्। छोरीलाई न्याय दिलाउन उनी प्रहरी कार्यालयमा धर्ना बसेकी छन्। उनकी छोरी काजलको मात्रै हत्या भएको छैन, गर्भमा रहेको भ्रुणको पनि हत्या भएको छ।
काजलको बिहे भएको एक वर्ष पनि बितेको छैन। उनी सन्तानको मिठोे सपनामा रमाइरहेकी थिइन्। विडम्बना ! परिवारले दाइजोे नदिएकोे भन्दै उनकोे हत्या गरिदियो। प्रहरीका अनुसार काजलको हत्यापछि शरीर टुक्राटुक्रा पारिएको छ।
काजलकोे परिवारले उनको हत्या गरी टुक्राटुक्रा पारेर आगो लगाई गाड्न खोजेको आरोेप मञ्जुकोे परिवारले लगाएको छ। काजलकोे शव खेतमा पाइएको थियो। उनको शरीरको टुक्राटुक्रा पारी थैलोमा प्याक गरिएको थियो।
मञ्जुको परिवारले २० जुलाईमा काजलको परिवारविरुद्ध मुद्दा दायर गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पक्रिन सकेकोे छैन।
घटना भारत पटनाकोे बख्तियारपुर बिहटा गाउँको हो। काजलकोे बिहे अघिल्लोे वर्ष जालन्दा हिल्साका सञ्जीत कुमारसँग भएको थियो। सञ्जीत भारतको रेलवे सेवामा बैंग्लोेरमा काम गर्छन्। काजलकोे परिवारका अनुसार बिहेमा सञ्जीतको परिवारलाई १२ लाख नगद, गहना र मोटरसाइकल दाइजो दिइएको थियो। तर, जब सञ्जीतको रेलवे सेवामा बढुवा भयो, उनीहरुले फेरि दाइजो माग्न थाले। काजलको माइती पक्षसँग थप ६ लाख रुपैयाँ मागिएको थियो।
रेलवे सेवाको समूह डी मा रहेका सञ्जीत कुमार बढुवापछि टीटीई भएका थिए। त्यसपछि थप दाइजोका लागि काजललाई यातना दिन थालिएको थियोे।
सञ्जीतको परिवारले काजललाई यसअघि पनि कुटपिट र गालीगलौज गरेको थियो। काजलले माइतीसमक्ष गुनासो पनि राखेकी थिइन्।
मञ्जुले १७ जुलाईमा छोरी काजलसँग फोनमा कुराकानी गरेको बताइएकी छन्। ‘काजलले फोनमा आफू निकै डराएको बताएकी थिइन्, तर नौ बजेपछि उसको मोबाइल अफ थियो। घरको कसैसँग पनि सम्पर्क हुन सकेन,’ मञ्जुले बीबीसीसँग भनेकी छन्।
काजलको घरपरिवारले उनलाई कसैसँग कुराकानी गर्न दिँदैनथे। उनलाई माइत जान समेत बन्देज लगाइएको थियोे। काजलका बुवा र भाइ उनलाई लिन गए पनि काजलको परिवारले आउन दिएको थिएन।
काजल सम्पर्कविहीन भएपछि उनलाई खोज्न थालियो। कसैले सडकभन्दा ५ सय मिटर पर खेतबारीमा उनको शरीरका टुक्रा फेला पारे। प्रहरीकोे उपस्थितिमा शरीरका टुक्रा थैलोमा राखेर लगियो। काजलका सबैजसो अंग काटिएको बुबा अरविन्दले बताएका छन्।
काजल १७ जुलाईमााट सम्पर्कविहीन भएकी थिइन्। त्यसको चार दिनपछि उनको अवशेष पाइएकोे थियोे। काजलको शव फेला पर्नु एक दिन अघिसम्म पनि काजलका परिवारका सदस्य घरमै रहेको बताइएको छ। त्यसपछि उनीहरु बेपत्ता भए।
२० जुलाईमा मुद्दा दर्ता भएपछि २३ तारिखमा प्रहरीले काजलको शवका टुक्रा मञ्जुको परिवारलाई सुम्पिएकोे छ। पोष्टमार्टम र डिएनए जाँचका लागि स्याम्पल पटना लगिएकोे छ। पटना हिल्ससाका डिएसपी कृष्ण मुरारी प्रसादले जसरी पनि हत्यारा पत्ता लगाइछाड्ने र कडाभन्दा कडा कारबाही गर्ने बताएका छन्।
’काजलकोे मृत्यु हिंसा र कुटपिटबाट भएकोे छ, परिवारका सात जना विरुद्ध किटानी जाहेरी दिइएको छ। छानबिन गरी आवश्यक कारबाही गरिन्छ,’ उनले भने।
काजलकोे माइती पक्षले सञ्जीतकुमार, उसको एक भाइ, दुई बहिनी र आमा बुबाविरुद्ध किटानी जाहेरी दिएकोे छ।
काजलका आमाबुबालाई उनलाई समयमै माइत ल्याउन नसकेकोेमा पछुतो भइरहेको छ। ‘राक्षसलाई छोेरी दिन पुगेछौं, उनी माइत आएपछि फर्काउन मन थिएन, बच्चा भएपछि मात्रै पठाउने भनेका थियौं। तर उनीहरुले जबरजस्ती लगे,’ बुबा अरबिन्दले भनेका छन्।
सञ्जीतको परिवार रिसाउला भनेर उनीहरुले काजललाई फिर्ता पठाएका थिए। अरबिन्दले पूर्णिमाको दिन काजललाई माइत बोलाउने योजना बनाएका थिए। तर उनीहरुले पूर्णिमा नहुँदै उनको विभत्स हत्या गरे।