मंगलबार, असार २३, २०८३

प्रिसिजन फुटबलमा चेल्सी र सिटीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) को प्रिसिजन फुटबलअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेल्सी र म्यानचेस्टर सिटीले जित निकालेका छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) को प्रिसिजन फुटबलअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेल्सी र म्यानचेस्टर सिटीले जित निकालेका छन्। प्रिसिजनको पहिलो मैत्रीपूर्ण खेलमा साविक विजेता सिटीले प्रेस्टोन नर्थ इन्डलाई २–० गोले हराएको हो।

सिटीका लागि रियाद महरेजले पहिला हाफमा फ्रि किकमार्फत् गोल गरेका थिए। त्यस्तै, दास्रो हाफमा युवा खेलाडी साम एडोजीले एक गोल थप्दै दुई गोलको अग्रता बनाएको थिए।

सोही अग्रताका साथ सिटीले खेल जित्यो। जारी अन्तर्राष्ट्रिय विन्डोको युरो कप र कोपा अमेरिकापछिको खेलमा सिटीको टिममा सिनियरमध्येका रियाद महरेज मात्र थिए।

त्यस्तै, अर्को खेलमा चेल्सीले बर्नेमाउथलाई २–१ गोलले हराएको छ। एक गोलले पछि परेको अवस्थाबाट चेल्सीले पुनगरागमन जित निकालेको हो।

पुनरागमनका लागि अर्मान्डो ब्रोजा र इके उग्बोले गोल गरेका थिए। त्यसअघि ६६औं मिनेटमा इमिनियानो मार्कोन्डेसले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए।

प्रकाशित: Jul 28, 2021| 03:02 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।