शुक्रबार, भदौ ५, २०८३

सर्वोच्चले महन्थ ठाकुरका दुवै रिट सँगै राखेर हेर्ने

सर्वोच्च अदालतले जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दिएका दुवै रिट सँगै राखेर हेर्ने भएको छ।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं- सर्वोच्च अदालतले जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दिएका दुवै रिट सँगै राखेर हेर्ने भएको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले ठाकुरका दुवै रिट सँगै राखेर हेर्ने र अन्तरिम आदेश दिने वा नदिने भन्ने बहसका लागि विपक्षीलाई बोलाउने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए।  

पार्टी आधिकारिकताबारे विवाद भएपछि आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि बोलाउने निर्णय गरेको थियो। उक्त सनाखत रोक्न माग गर्दै ठाकुरले सर्वोच्चमा रिट दिएका थिए।

बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले निर्वाचन आयोगविरूद्ध तत्काल अन्तरिम आदेशबारे बोलेन। बरु ठाकुरले दिएका दुवै रिट सँगै राखेर अन्तरिम आदेशका दिने वा नदिनेबारे छलफलका लागि झिकाउन आदेश गरेको छ। 

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ठाकुर केन्द्रीय कार्यकारिणी समितिको प्रथम वरीयताको अध्यक्ष थिए।

‘निर्वाचन आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने सम्भावना रहेकोले समेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरी पाउँ,’ भनेर महन्थले रिट हालेका थिए।

प्रकाशित: Aug 04, 2021| 18:33 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...