आइतबार, चैत ८, २०८२

भारत पठाएका ४७ वटै नमुनामा डेल्टा भेरियन्ट, थप म्युटेसन पनि पुष्टि

'देशका विभिन्न भागहरुवाट संकलन गरेका ४७ वटा नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन 'के४१७ एन म्युटेसन' भेटिएको छ, जसलाई 'एवाई.१' नाम दिइएको छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- नेपालका विभिन्न स्थानमा संकलन गरी भारत पठाइएका ४७ वटै नमुनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै ३ वटा नमूनामा थप उत्परिवर्तन (म्युटेसन)समेत पुष्टि भएको भन्दै सजकता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। 

National life

'देशका विभिन्न भागहरुवाट संकलन गरेका ४७ वटा नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन 'के४१७ एन म्युटेसन' भेटिएको छ, जसलाई 'एवाई.१' नाम दिइएको छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

जेठ मध्यदेखि असार मसान्तसम्म संकलन गरिएका ४७ वटा परीक्षणका लागि भारतको नयाँ दिल्लीस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङका लागि पठाइएको थियो।

योसहित हालसम्म नेपालमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा 'भेरियन्ट अफ इन्ट्रेस्ट' का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ। यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि नेपालमा भेटिएका ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लस फेला परेको थियो। 

Laxmi sunrise bank
kumari

No description available.

प्रकाशित: Jul 27, 2021| 13:24 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्