आइतबार, जेठ ३, २०८३

अस्पताल बनाउन डिपिआर तयार गरेका पालिकालाई मात्र बजेट : स्वास्थ्य मन्त्रालय

सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि आव २०७७/०७८ मा ३९६ स्थानीय तहमा अस्पताल सुरु गरिने भनिएपनि सबै स्थानीय तहले प्रक्रिया पूरा नगरेको मन्त्रालयले जनाएको छ। 
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

National life

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पताल निर्माणका लागि डिपिआर पेस गरेका स्थानीय तहलाई मात्र बजेट उपलब्ध गराउने भएको छ। मन्त्रालयको नीति योजना तथा अनुगमन शाखाले स्थानीय तहलाई जग्गा सुनुश्चित र डिपिआर मन्त्रालयमा यथाशीघ्र जानकारी गराउन भनेको छ। 

सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि आव २०७७/०७८ मा ३९६ स्थानीय तहमा अस्पताल सुरु गरिने भनिएपनि सबै स्थानीय तहले प्रक्रिया पूरा नगरेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले चालु आर्थिक वर्षमा थप २५९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि आवश्यक जग्गाको सुनुश्चितता, डिपिआर निर्माणका लागि पत्र पठाइसकेको छ। 

प्रकाशित: Jul 27, 2021| 12:18 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्