मंगलबार, माघ ६, २०८२

टोक्यो ओलम्पिकमा एलेक्सले बनाए राष्ट्रिय कीर्तिमान

जापानमा जारी ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकमा नेपाली खेलाडी एलेक्स साहले राष्ट्रिय कीर्तिमान बनाएका छन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– जापानमा जारी ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकमा नेपाली खेलाडी एलेक्स साहले राष्ट्रिय कीर्तिमान बनाएका छन्। एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका साहले राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

National life

उनले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन्। उनले यसअघि आफैंले बनाएको रेकर्ड सुधार गरेका हुन्। उनले पछिल्लो पटक ५५.३८ सेकेन्डको रेकर्ड बनाएका थिए।

यता ७० खेलाडी सहभागी बनेको सो विधामा नेपाली खेलाडी साह ५९ औं स्थानमा रहे। यससँगै उनी अघिल्लो चरणमा प्रवेश भने गर्न सकेनन्। सात खेलाडी समावेश भएको हिटमा भने उनी पहिलो भए।

हिट चरणबाट शीर्ष १६ खेलाडी सहभागी बनेका थिए। पौडीबाट दुई नेपाली खेलाडी सहभागी छन्।

प्रकाशित: Jul 27, 2021| 11:17 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।