बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा डेल्टा भेरिएन्ट फैलिन सक्ने आशंका, युरोपबाट जान प्रतिबन्ध

अमेरिकामा डेल्टा भेरिएन्ट फैलिन सक्ने आशंका, युरोपबाट जान प्रतिबन्ध

अमेरिकाले कोरोना भाइरसकोे तेस्रो लहर फैलिन सक्ने भन्दै युरोप तथा अन्य केही देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– अमेरिकाले कोरोना भाइरसकोे तेस्रो लहर फैलिन सक्ने भन्दै युरोप तथा अन्य केही देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ। डेल्टा भेरिएन्ट फैलिन सक्ने भन्दै अमेरिकाले यात्रुलाई प्रवेश निषेध गरेको न्युयोर्क टाइम्सले जनाएको छ।

National life

यसका साथै न्युयोर्क र क्यालिफोर्नियामा सार्वजनिक सेवामा काम गर्ने कर्मचारीलाई खोेपका लागि विशेष प्राथमिकतामा राखिने ह्वाइट हाउसले जनाएको छ। डेल्टा भेरिएन्ट झन् बृहत् रुपमा फैलिन सक्ने अमेरिकाले बताएको छ।

विदेशी यात्रुमाथि बन्देज लगाउँदा पर्यटन, होटल व्यावसायी तथा हवाई क्षेत्र नराम्ररी प्रभावित हुने ह्वाइट हाउसले भनेको छ। युरोप तथा अन्य देशका यात्रुमाथि प्रतिबन्ध लगाउने निर्णय भएको भए पनि कहिलेसम्म लगाउने भन्नेबारे टुङ्गो लागेको छैन।


 

प्रकाशित: Jul 27, 2021| 05:44 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।