आइतबार, जेठ ३, २०८३

मध्यरातमा सूचना निकालेर मध्यपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

विद्यार्थीको आन्दोलनका कारण मध्यपश्चिम विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

सुर्खेत– विद्यार्थीको आन्दोलनका कारण मध्यपश्चिम विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन्।

National life

आज मंगलबारदेखि सुरु हुने भनिएको विज्ञान तथा प्रविधि संकाय स्नातक र स्नातकोत्तर तहको परीक्षाहरु स्थगित भएका हुन्। पूर्व कार्यतालिका अनुसार स्नातकका आज १२ गतेदेखि र स्नातकोत्तर तहको भोलि १३ गतेदेखि परीक्षा तोकिएको थियो।

सोमबार राति विद्यार्थी र विश्वविद्यालयबीच सहमतिको प्रयास भएको थियो। तर विद्यार्थीहरुले माग पूरा नहुँदासम्म परीक्षा सञ्चालन गर्न नदिने अडान लिएपछि परीक्षा स्थगित गरिएको हो। सोमबार मध्यराति सूचना प्रकाशित गर्दै परीक्षा व्यवस्थापन कार्यालयले परीक्षा स्थगित गरिएको जनाएको छ।

‘विज्ञान तथा प्रविधि संकार्यतर्फ १२ गतेदेखि सञ्चालन हुने स्नातक तह र १३ गतेदेखि सञ्चालन हुने स्नातकोत्तर तहको सत्रान्त परीक्षा लगायत अन्य संकायका पूर्वनिर्धारित परीक्षा सम्बन्धी कार्यक्रमहरू एक हप्ता पछाडि सार्ने गरी स्थगित गरिएको छ,’ परीक्षा व्यवस्थापन कार्यालय प्रमुख डा. आनन्दप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ।

अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने लगायतका माग राख्दै एक हप्तादेखि विद्यार्थीहरु आन्दोलित छन्।

प्रकाशित: Jul 27, 2021| 05:32 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्