आइतबार, चैत ८, २०८२

मप विश्वविद्यालयको परीक्षा भौतिक उपस्थितिमै, संक्रमितले पनि दिन पाउने

मध्यपश्चिम विश्वविद्यालयले सम्पूर्ण परीक्षाहरु भौतिक उपस्थितिमै लिने भएको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयले सम्पूर्ण परीक्षाहरु भौतिक उपस्थितिमै लिने भएको छ। सोमबार सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण परीक्षाहरु भौतिक उपस्थितिमै हुने जनाएको हो।

National life

कोरोना महामारीका कारण विद्यार्थीहरुले अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने माग गर्दै आएका छन्। मागको सम्बोधन नभएको भन्दै केही विद्यार्थी संगठनहरुले साउन ७ गतेदेखि विश्वविद्यालयका केन्द्रीय क्याम्पस र सम्पूर्ण कार्यालयमा अनिश्चितकालीन तालाबन्द गरेका छन्। 

तर विश्वविद्यालयले भने संक्रमण घट्दै गएको र निषेध आदेशसमेत खुकुलो भएको भन्दै भौतिक उपस्थितिमै परीक्षा लिने जनाएको हो। भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिइसकेको परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदीले जानकारी दिए।

विश्वविद्यालयले भोलि (१२ गते) देखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा लिने जनाएको छ। विद्यार्थीहरुको आन्दोलन जारी राखे पनि पूर्वनिर्धारित कार्यतालिकाअनुसार परीक्षा हुने विश्वविद्यालयले जनाएको छ। भौतिक उपस्थितिमै हुने परीक्षामा कोरोना संक्रमतिलेसमेत दिन पाउने भएका छन्। संक्रमितलाई छुट्टै स्थानमा राखेर परीक्षा लिइने छ।

विद्यार्थीहरुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने, परीक्षा हुनुअघि कक्षा सेनिटाइज गरिनुपर्ने, विद्यार्थीबीचको दूरी दुई मिटर कायम गरिनुपर्ने जस्ता सावधानीहरु अपनाउने विश्वविद्यालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 26, 2021| 14:53 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्