आइतबार, साउन १७, २०८३

गृहमन्त्रीसँगको भेटमा अमेरिकी राजदूतले भने- थप खोप उपलब्ध गराउँछौं

भेटमा गृहमन्त्री खाँणले सरकारको प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनेका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने रहेको बताए। 
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन्। गृहमन्त्रीलाई भेट्न बेरी सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका थिए।

भेटमा गृहमन्त्री खाँणले सरकारको प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनेका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने रहेको बताए। 

अमेरिकी सरकारले हरेक क्षेत्रमा पुर्‍याउदै आएको सहयोगका लागि गृहमन्त्री खाँणले राजदूत बेरीलाई धन्यवाद दिए। भेटमा राजदूत बेरीले नेपाल अमेरिका दुई देशको सम्बन्ध सुदृढ रहनेमा आफू विश्वस्त रहेको र सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाललाई थप खोप आवश्यक रहेको र सहयोगलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गरे।

प्रकाशित: Jul 26, 2021| 14:42 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्