सोमबार, चैत २, २०८२

गाई गोठालाबीच भिडन्त, ८६ जना मारिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अबुजा- नाइजेरियामा किसान र गाई गोठालाहरूबीच भएको हिंसामा कम्तिमा ८६ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीले त्यसको पुष्टि गरेको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बेरम जातिका किसानले फुलानी जातिका गोठालाहरूमाथि आक्रमण गरेका थिए ।

गत मंगलबार पनि त्यस क्षेत्रमा हिंसा भड्किएको थियो । त्यसमा परी पाँच जनाको मृत्यु भएको थियो ।

नाइजेरियामा जमिनको विवादलाई लिएर हुने हिंसाको लामो इतिहास छ । स्थिति नियन्त्रणमा लिन हिंसाग्रस्त क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार थप ६ जना गम्भीर घाइते छन् । ५० वटा घर, १५ मोटरसाइकल र दुई वटा गाडी जलाइएको बीबीसीले जनाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।