मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ईपीएलमा आवद्ध भएपछि शाहिद अफ्रिदीले भने– नेपालबारे सुनेर उत्साहित छु

ईपीएलमा आवद्ध भएपछि शाहिद अफ्रिदीले भने– नेपालबारे सुनेर उत्साहित छु

नेपालकै सर्वाधिक महँगो क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं किंङ्स इलेवेनले स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं– नेपालकै सर्वाधिक महँगो क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं किंङ्स इलेवेनले स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ। अफ्रिदीले नेपाली लिग खेल्ने अवसर पाएकोमा आफू उत्साही भएको पनि बताएका छन्।

National life

पाकिस्तानबाटै उनले नेपालमा खेल्न उत्साहित रहेको बताएका छन्। उनले भने, ‘मेरो पहिलो नेपाल भ्रमण हो, निकै उत्साहित छु। मैले नेपाली क्रिकेट धेरै नजिकबाट चिनेको छैन। पिच र खेलको अवस्था हेरेर छक्का हान्छु।’ नेपालका दर्शक र यहाँको हस्पिटालिटीको कुरा सुनेर उत्साहित रहेको उनले बताएका छन्।

यता क्लबका मालिक रोहित गुप्ताले क्लबको सपना ठूलो भएको र अझै राम्रा खेलाडी अनुबन्ध गर्ने बताएका छन्। उनले भने, ‘अहिले कोभिडको समयमा टफ ट्रान्सफर हो। हामीसँग दर्शक नहुन सक्छन्। तर ठूला खेल पनि दर्शकविहीन छन्। त्यसैले हामीले उपलब्ध स्रोतलाई उत्कृष्ट उपयोग गर्छौं।’

उनले आफ्नो उद्देश्य लिग जित्ने भएको पनि बताएका छन्। भेट«ान खेलाडीमात्र नभई युवा विदेशी खेलाडी पनि अनुबन्ध गर्ने उनले सुनाए।

प्रकाशित: Jul 26, 2021| 08:36 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।