काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी परीक्षा सञ्चालन गरिरहेको छ। स्नातक प्रथम वर्षको जारी परीक्षामा परीक्षा केन्द्रमा विद्यार्थीको खचाखच देखिएको छ भने काेभिड-१९ काे स्वास्थ्य मापदण्ड पालना पनि पालना गरिएको छैन। विश्वविद्यालयले भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न निर्देशन दिए पनि पनिकाको फितलो निर्देशन र परीक्षा केन्द्रको लापरबाहीका कारण मापदण्डलाई बेवास्ता गरिएको छ।
त्रिविले कोभिड–१९ का कारण गत २०७७ भदौमा सञ्चालन गर्नुपर्ने परीक्षा स्थगित गरेर ०७८ साउन १० गतेबाट सञ्चालन गरेको हो। कोभिड–१९ महामारीका कारण दुई वर्षदेखि हुन नसकेका वार्षिक परीक्षा सुरु भए पनि विद्यार्थीको भीडभाडका कारण जोखिम कायमै छ। त्रिविले बीए, बीएड र बीएससीतर्फका चारवर्षे÷तीनर्षे परीक्षा सुरु गरेको छ भने सोमबारदेखि व्यवस्थापन संकायका परीक्षा सञ्चालन सुरु भएको छ।
‘परीक्षा सञ्चालन गरेर त्रिविको क्यालेन्डरलाई पुरानै प्रक्रियामा ल्याउनुपर्नेछ। रोकिएका परीक्षा सञ्चालन गरेर नियमित परीक्षाका कार्यक्रम पनि गर्नुपर्ने बाध्यता छ। हामीले गर्नुपर्ने सम्पूर्ण तयारी गरेका छौं।’
परीक्षामा करिब दुई लाख ५० हजार विद्यार्थी सहभागी हुनेछन्। कोभिड–१९ को जोखिम हुँदाहुँदै पनि शिक्षाको प्रक्रिया प्रभावित हुने भएकाले स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्नुपरेको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। उनले भने, ‘परीक्षा सञ्चालन गरेर त्रिविको क्यालेन्डरलाई पुरानै प्रक्रियामा ल्याउनुपर्नेछ। रोकिएका परीक्षा सञ्चालन गरेर नियमित परीक्षाका कार्यक्रम पनि गर्नुपर्ने बाध्यता छ। हामीले गर्नुपर्ने सम्पूर्ण तयारी गरेका छौं।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेध आदेशमा परीक्षाकोठाभित्र २५ जनाभन्दा बढी विद्यार्थी नराख्न निर्देशन दिइएको छ। सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षामा परीक्षा हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी भेला नहुने गरी परीक्षा सञ्चालन गर्नुपर्ने, परीक्षार्थीहरु हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त भएपछि सरकारले तोकेको मापदण्डबमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्ने निर्देशन प्रशासनको छ। तर, परीक्षा केन्द्रले भने परीक्षा हलबाहिर भौतिक दुरी कायम गराएका छैनन्।
प्रशासन कार्यालयले परीक्षा केन्द्रबाट एउटा सिफ्टका सवै परीक्षार्थी पूण रूपमा बाहिरिएपछि मात्र अर्को सिफ्टका विद्यार्थी तथा अन्य व्यक्तिलाई परीक्षा स्थल तथा हलमा प्रवेश गर्न मिल्ने गरी फरक समय मिलाउन, परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी मास्क तथा सेनिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक सिफ्टमा परीक्षा हल अनिवार्य रुपमा स्यानिटाइज गर्न निर्देशन दिएको भए पनि यस विषयमा परीक्षा केन्द्रले अटेरी गरेका छन्।
त्रिविले वार्षिक परीक्षा प्रणालीअन्तर्गतका ४ र ३ वर्षे स्नातक प्रथम वर्षको विज्ञान तथा प्रविधि, मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गरेको हो। परीक्षा आगामी २९ गतेसम्म हुने सञ्चालन हुने पनिकाले जनाएको छ।
त्रिविका सम्बन्धन प्राप्त र आंगिक गरी जम्मा १ हजार १२५ वटा क्याम्पस छन्। विगतमा २२० क्याम्पसमा मात्र परीक्षा केन्द्र सञ्चालन गरिएको भए पनि यो वर्ष करिब चार सय केन्द्रबाट परीक्षा सञ्चालन गरिएको छ।