मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • १३ औं सागका पदक विजेता एथ्लेटिक्स खेलाडीलाई २० महिनापछि संघको सम्मान

१३ औं सागका पदक विजेता एथ्लेटिक्स खेलाडीलाई २० महिनापछि संघको सम्मान

१३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको २० महिनापछि नेपाल एथ्लेटिक्स संघले सो प्रतियोगितामा मेडल जित्ने खेलाडीलाई नेपाल एथ्लेटिक्स संघले सम्मान गरेको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको २० महिनापछि नेपाल एथ्लेटिक्स संघले सो प्रतियोगितामा मेडल जित्ने खेलाडीलाई नेपाल एथ्लेटिक्स संघले सम्मान गरेको छ।

National life

संघले काठमाडौंमा खलाडी सम्मान कार्यक्रम आयोजना गर्दै मेडल जित्ने आठ एथ्लेटिक्स खेलाडीलाई सम्मान गरेको हो।

सम्मानित हुनेमा गोपीचन्द्र पार्की, सन्ताषी श्रेष्ठ, पुस्पा भण्डारी, किरण सिंह बोगटी, सोम बहादुर कुमाल, टंक कार्की, हरि कुमार रिमाल र दिपक अधिकारी छन्।

१३ औं सागमा नेपाली एथ्लेटिक्सले तीन स्वर्णसहित आठ पदक जितेको थियो। १० हजार मिटरमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन्। सागमा एथ्लेटिक्समा महिलातर्फ स्वर्ण जित्ने सन्तोषी पहिलो महिला खेलाडी पनि हुन्।

त्यस्तै, पाँच हजार मिटरमा गोपीचन्द्र्र पार्की र म्याराथनमा किरणसिंह बोगटीले स्वर्ण जितेका थिए। त्यस्तै, महिला म्याराथनमा पुष्पा भण्डारीले रजत जितेकी थिइन्।

Laxmi sunrise bank
kumari

यस्तै, सोम बहादुर कुमालले ८ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरि कुमार रिमालले ५ हजार मिटर र दिपक अधिकारीले १० हजार मिटरमा कास्य पदक जितेका थिए ।

स्वर्ण  जित्ने खेलाडीलाई एक लाख, रजतलाई ३५ हजार र काश्य जित्ने खेलाडीलाई २० हजार नगर पुरस्कार र प्रमाण पत्रसहित सम्मान गरिएको थियो।

खेलाडी सम्मान कार्यक्रममा बाग्मति खेलाकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारीले खेलकुदको नेतृत्वमा पुग्ने मान्छेमा नेतृत्वदायी क्षमता नहुँदा खेलकुद पछि परेको बताएका छन्।

उनले भने,  ‘अझैसम्म नेपाली खेलकुद नेतृत्वविहिन छ। खेलकुदलाई राम्रो नेतृत्व  दिने मानिस नेतृत्वमा आएका छैनन्। जति पनि छन् उनीहरुमा खेलकुदको प्राविधिक ज्ञानको अभाव देखिन्छ।’

उनलले थपे, ‘खास कारण भनेको खेलकुद प्राविधिक विषय हो, त्यसमा जनशक्ति पनि अत्यन्तै कम छ। जति छन् तिनले खेलकुदका सबै कुरा बुझ्न जरुरी छ। अहिले हामाी समस्याबाट, सम्भावना खोज्दै अगि बढेका छौं। मैले पनि पछिल्लो समय खेलकुद कसरी विकास गर्न सकिन्छ भनेर योजना बनाएँ। अब त्यसलाई लागू गर्न बाँकी छ।’

गएको असारमै राष्ट्रिय खेलकुद विकास ऐन बनेको एक वर्ष पनि पनि अहिलेसम्म खेलकुदमा कर्मचारी समयोजन नभएको गुनासो सदस्य सचिव भण्डारीले गरेका छन्।

सम्मान कार्यक्रममा संघका अध्यक्ष राजिवविक्रम शाहले संघले कार्यक्रम अनुसारको बजेट नपाएको र आन्तरिक स्रोत पनि नभएको गुनासो गरेका छन्। उनले संघमा राजनीति हाबी भएका कारण काम र चुनाव समयमै गर्न नसकिएको बताए।
कार्यक्रममा धावक अजित भण्डारीलाई इन्डियामा हुन लागेको एक कार्यक्रमका लागि विदाइ गरिएको थियो।

प्रकाशित: Jul 26, 2021| 07:31 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।