शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दोस्रो अध्यक्षबारे नेपाल समूह चाँडै निष्कर्षमा पुग्ने

दोस्रो अध्यक्षबारे नेपाल समूह चाँडै निष्कर्षमा पुग्ने

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कार्यदलले गरेको दश बुँदे सहमतिमै टेकेर त्यसलाई थप परिमार्जन गरेर पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन्। 
 |  सोमबार, साउन ११, २०७८

बीपी अनमोल

बीपी अनमोल

सोमबार, साउन ११, २०७८

काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीको दोस्रो अध्यक्षबारे चाँडै टुंगोमा पुग्ने भएको छ। केही दिनअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा एकताका लागि आफू हदैसम्म लचिलो बनेको र एकताकै लागि नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका थिए।

triton college

ओलीको यस्तो धारणापछि नेपाल पक्षीय नेताहरूले यसबारे छलफल जारी राखेका छन्।  पार्टीमा अध्यक्ष केपी ओली समान हैसियतकाे पदका लागि छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेकाे उपाध्यक्ष युवराज ज्ञवालीले बताएका हुन्। ज्ञवालीले नेपाल समयसँगको कुराकानीमा भने, 'वरिष्ठ नेता नेपाललाई समान हैसियतको अध्यक्ष बनाइनुपर्ने विषयमा समूहमा छलफल र बहस सुरु भएको छ। यस विषयमा धेरै साथीहरूको धारणा आइरहेको छ। ठोस निष्कर्षसहित हामी धारणा सार्वजनिक गर्छौं।’ यसबारे छलफल जारी रहेकाे उनकाे भनाइ छ। 

उनले अब नेताहरूका गतिविधि, क्रियाकलाप र अभिव्यक्ति अब पार्टी एकतातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।  विघटित कार्यदलले गरेको दसबुँदे सहमति परिमार्जन गरेर पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन सकिने उनले बताए। बदलिएको परिस्थितिमा दसबुँदे सहमति परिमार्जन गरेमात्रै पार्टी एकता प्रक्रिया टुंगोमा पुग्न सक्ने उनको भनाइ छ। 

‘पहिले पार्टी एकता कसरी गर्ने निष्कर्ष निकाल्नुपर्‍यो। दसबुँदे सहमति परिमार्जन गर्नुपर्छ। त्यो भनेको सर्वोच्च अदालतको फैसला हुनुपूर्वको अवस्था हो। अहिले बदलिएको परिस्थितिमा परिमार्जन आवश्यक छ। गृहकार्य गरेर साझा निष्कर्षमा पुग्नुपर्छ भन्ने हाम्रो धारणा हो।’

‘पहिले पार्टी एकता कसरी गर्ने निष्कर्ष निकाल्नुपर्‍यो। दसबुँदे सहमति परिमार्जन गर्नुपर्छ। त्यो भनेको सर्वोच्च अदालतको फैसला हुनुपूर्वको अवस्था हो,’ ज्ञवालीले भने, ‘अहिले बदलिएको परिस्थितिमा परिमार्जन आवश्यक छ। गृहकार्य गरेर साझा निष्कर्षमा पुग्नुपर्छ भन्ने हाम्रो धारणा हो।’

corrent noodles
Metro Mart

ज्ञवाली नेपाल पक्षीय नेता हुन्। एमाले केन्द्रीय समितिले कार्यदलमा भएकाे सहमति अनुमोदन गर्दै कार्यदल विघटन गरिसकेको छ। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता किन हुन नसकेको भन्ने प्रश्नमा उनले एउटा निष्कर्षमा पुगेपछि मात्रै दुवै नेताहरूलाई छलफलमा सहभागी गराइने  बताए। ‘एकता किन आवश्यक छ? त्यसलाई कसरी सम्पन्न गर्ने भन्ने निष्कर्ष निस्केपछि मात्रै भेट हुने हो। त्यो नभइ भेटवार्ता कसरी हुन्छ?’ उनले भने,‘यसमा कार्यदलमा रहेका साथीहरू लागिरहनुभएको छ।’ 

‘राजनीतिक रुपमा एउटा महत्त्वपूर्ण उपलब्धि भएको छ। संविधान खतरामा पर्दै गएको थियो। त्यसलाई जोगाउन यो सब काम गर्‍यौं,’ उनले भने, ‘अब त्यो च्याप्टर सकिएको छ। पार्टी बनाउन र जोगाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ।’

उनले पार्टीभित्र थुप्रै विकृति र विसंगति बढेको भन्दै तिनको निराकरण गर्नेतर्फ सबै गम्भीर हुनुपर्ने बताए। ‘अब पार्टी जोगाउनेतिर नै लाग्नुपर्छ। एकताबद्ध हुने कुरामा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘नेताहरूले बोल्दा, गतिविधि गर्दा पनि पार्टी एकतामा असर पर्ने हिसाबले गर्नुभएन।’ उनले पार्टीलाई एकताबद्ध बनाउनुपर्छ भन्नेमा सबै चिन्तित रहेको भन्दै सबैले यसमा ध्यान दिनुपर्ने बताए।

प्रकाशित: Jul 26, 2021| 04:56 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।