मंगलबार, असार २३, २०८३

नेपालको टी-२० वरियतामा सुधार

नेपालको टी–२० वरियतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२औं स्थानमा उक्लिएको हो।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- नेपालको टी–२० वरियतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२औं स्थानमा उक्लिएको हो।

काठमाडौं- यसअघि नेपाल आईसीसीको टी २० वरियता अन्तर्गत १३औं स्थानमा थियो। पछिल्लो बैसानमा नेपालले मलेसिया र नेदरल्यान्डसँगको त्रिपक्षीय शृंखलामा उत्कृष्ट प्रदशन गर्दै सो शृंखलामा विजयी भएको थियो।

त्यपछि नेपाल १३औं स्थानमा उक्लिएको हो। यसअघि एकपटक नेपाल विश्व वरियताको ११औं स्थानमा उक्लिएको थियो। जुन नेपालको सबैभन्दा उच्च वरियता हो। अहिले जिम्वावे ११औं स्थानमा छ। यता नेपाल टेस्ट राष्ट्र आयरल्यान्डभन्दा दुई स्थान अघि छ।

टी २० वरियताको शीर्षस्थतानमा इंग्ल्यान्ड छ भने इन्डिया दोस्रो स्थानमा छ। त्यस्तै, न्युजिल्यान्ड तेस्रो स्थानमा छ। पाकिस्तान चौथो स्थानमा हुँदा अष्ट्रेलिया पाँचौ स्थानमा छ।

यता एकदिवसीय वरियतामा भने नेपाल यथास्थानमा छ। नेपाल अहिले १६औं स्थानमा यथावत् छ। एकदिवसीयतर्फको वरियतामा न्युजिल्यान्ड शीर्षस्थानमा छ।

प्रकाशित: Jul 26, 2021| 03:55 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।