आइतबार, चैत ८, २०८२

ब्रेकअपपछि के गर्छन् युवती?

हरेक व्यक्तिका लागि प्रेममा परेर विछोड हुनु दुःखलाग्दो कुरा हो। तर, अक्सर यस्तो भइरहन्छ। भनिन्छ, प्रेममा परेपछि मानिस परिवर्तन हुन्छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं– हरेक व्यक्तिका लागि प्रेममा परेर विछोड हुनु दुःखलाग्दो कुरा हो। तर, अक्सर यस्तो भइरहन्छ। भनिन्छ, प्रेममा परेपछि मानिस परिवर्तन हुन्छ। त्यसैगरी विछोड भएपछि अर्थात् ब्रेकअप भएपछि पनि जीवनमा बदलाव आउँछ। विशेषगरी युवतीको जीवनमा ब्रेकअपपछि विभिन्न परिवर्तन आउने र उनीहरुले गर्ने व्यवहारमा बदलाव आउने अध्ययनहरुले देखाएका छन्। 

National life

ब्रेकअपपछि युवतीको हाउभाउ बदलिन्छ। आपसी समझदारीमै ब्रेकअप भएको छ भने पनि युवतीहरु आफ्नो पूर्वप्रेमीबाट ध्यान हटाउन सक्दैनन्। उनीहरु यस्तो काम गरिराख्छन् जसबाट उसलाई जलन होस्।

ब्रेकअपपछि पनि आफ्नो पूर्वप्रेमीमाथि नजर राख्न छोड्दैनन् युवती। आफूसँग छुट्टिएपछि उसको जिन्दगी कसरी चलिराखेको छ भनेर युवतीहरु नजानिदो तरिकाले ध्यान दिइरहेका हुन्छन्। उसलाई विछोडको पीडा छ कि छैन, उसको जीवनमा अर्की युवती पो आइसकी कि भनेर चियोचर्चो गरिरहन्छन्। 

ब्रैकअपपछि जोसुकै दुःखी हुन्छ युवक होस् या युवती। तर, दुःख देखाउने मामलामा भने केटा मान्छे अगाडि हुन्छन्। युवती भरसक दुःखी देखिन चाहँदैनन्। भित्र जतिसुकै टुटेकी भए पनि बाहिर स्ट्रङ देखाउन चाहन्छन्। सोसल मिडियामा आफू दुःखी नभएको पोस्ट गरिरहन्छन्। 

अक्सर युवतीहरुको बानी के हुन्छ भने उनको जीवनमा कोही युवक आयो भने उनी उसैप्रति समर्पित हुन्छिन्। विस्तारै विस्तारै अन्य साथीसंगाति छुट्न थाल्छन्। तर, ब्रेकअप भयो भने फेरि तिनै टाढा भएका साथी नजिक हुन्छन्।

Laxmi sunrise bank
kumari

ब्रेकअपपछि केटामान्छे साथीहरुसँग कुराहरु खासै सेयर गर्दैनन्। आफैंभित्र गुम्सिएर बस्छन्। चुरोट पिउँछन्, मदिरामा डुब्छन्। तर युवती भने साथीहरुसँग समय बिताउँछन्, आफ्नो दुःख सेयर गर्छन्। 

ब्रेकअपपछि युवतीले गर्ने अर्को काम भनेको सोसल मिडियामा ब्लक गरेर स्टाटस चेक गर्नु। गर्लफ्रेन्डसँग ब्रेकअप भएपछि सोसल मिडियामा ब्लक हुनु स्वाभाविक हो। तर, यो नसम्झिनुस् कि तपाईंले जे लेखे पनि एक्सले हेर्दिनन्।

पूर्वप्रेमीलाई फेसबुक–ट्विटरमा ब्लक गरे पनि तपाईंले लेखेको स्टाटस–पोस्ट हेरिरहेकी हुन्छिन्। तपाईंको जीवनमा के चलिरहेको छ, तपाईं कोसँग समय बिताइरहनु भएको छ भनेर नजर राखिरहेकी हुन्छिन्। 

–नवभारत टाइम्सबाट

प्रकाशित: Jul 26, 2021| 02:14 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्