मंगलबार, असार २३, २०८३

टोक्यो ओलम्पिकमा हालसम्म चीनले जित्यो सर्वाधिक ६ स्वर्ण

जापानमा जारी ३२औं संस्करणको टोक्यो ओलम्पिकमा अहिलेसम्म चीनले सर्वाधिक ६ स्वर्ण जितेको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- जापानमा जारी ३२औं संस्करणको टोक्यो ओलम्पिकमा अहिलेसम्म चीनले सर्वाधिक ६ स्वर्ण जितेको छ। उसले ६ स्वर्णसहित एक रजत र चार काश्य गरी कूल ११ पदक जितेको हो।

त्यस्तै, आयोजक जापानले पाँच स्वर्ण जितेको छ। उसले पाँच स्वर्णसहित ६ पदक जितेको हो। तेस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिकाले चार स्वर्णसहित १० पकद जितिसकेको छ।

दक्षिण कोरियाले दुई स्वर्णसहित तीन काश्य गरी पाँच पदक जितेको छ। यससँगै अहिलेसम्म टोक्यो ओलम्पिकमा चीन शीर्षस्थानमा छ भने जापान, अमेरिका, कोरिया क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।

त्यस्तै, एक स्वर्ण जित्ने देशहरूमा रसिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, ट्युनिसिया, हंगेरी, इक्वेडर, थाइल्यान्ड, इरान, कोसाभो र अष्ट्रिया छन्।

यसमध्ये रसियाले एक स्वर्णसहित सात पदक जितेको ट भने इटालीले एक स्वर्णसहित पाँच पदन जितेको छ।

प्रकाशित: Jul 26, 2021| 01:08 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।