आइतबार, चैत ८, २०८२

शिक्षकका मागका विषयमा प्रधानमन्त्रीलाई संघको ध्यानाकर्षण

नेपाल शिक्षक संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना मागहरु तत्काल सम्बोधनका लागि ध्यानाकर्षण गराएको छ।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- नेपाल शिक्षक संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना मागहरु तत्काल सम्बोधनका लागि ध्यानाकर्षण गराएको छ।

National life

संघले नेपाल सरकारद्वारा सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोप दिने निर्णय र निर्देशन गरे पनि हालसम्म कतिपय जिल्लाहरुमा सुलभ रुपमा शिक्षक तथा कर्मचारीहरुले खोप प्राप्त गर्न नसकिरहेको अवस्थामा तत्काल सहज र सुलभ रुपमा खोप प्रदान गर्ने प्रवन्ध मिलाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेको हो।

संघले बालकक्षामा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुको पूर्व घोषित तलब १५ हजार रुपैयाँ संघीय सरकारबाटै एकमुष्ट उपलब्ध गराउनुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच गरिएका ३० बुँदे सहमतिलाई पूर्णरुपमा सम्बोधनसहितको संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षा क्षेत्रलाई सुरक्षित गर्दै पठनपाठन कार्य नियमित गर्नका लागि दीर्घकालीन सोचका साथ आधुनिक पूर्वाधारयुक्त विद्यालयहरु, प्रविधिमैत्री कक्षाकोठाहरु, नवीनतम् प्रविधियुक्त प्रशिक्षित शिक्षक, आवश्यक उपकरण तथा सामग्रीहरुको सहज र सुलभ उपलब्धता गनुपर्ने लगायतका माग राखेको छ।

यस्तै संघले नेपाल सरकारद्वारा प्रस्तुत ०७८/०७५ को बजेटमा शिक्षक र अन्य राष्ट्रसेवक कर्मचारीबीचमा दुर्घटना तथा स्वास्थ्य विमा, आन्तरिक पर्यटन सुविधा, सन्तति छात्रवृत्तिलगायतका सुविधामा गरिएको विभेद अन्त्य गरी बजेट ल्याउनुपर्ने, राष्ट्रसेवक कर्मचारीहरुको भन्दा विशिष्ट मर्यादा कायम गनुपर्ने, सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरुका लागि छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्ने, शिक्षक सेवा आयोगका पदाधिकारीहरुको तत्काल नियुक्ति गरी आयोगको कार्य सुचारु गर्नुपर्ने, अस्थायी प्रकृतिका शिक्षकहरुलाई स्थायीको प्रक्रियामा लानुपर्ने, तहगत बढुवा, एकद्वार प्रणालीबाट शिक्षकहरुको नियुक्ति, उच्चस्तरीय शिक्षा आयोग र दरबन्दी पुनर्वितरण कार्यदलको सिफारिसअनुसार कमी भएका दरबन्दी प्रक्षेपण गर्ने विषयमा ध्यानाकर्षण गराएको छ।

प्रकाशित: Jul 25, 2021| 14:10 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्