शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ओलम्पिक फुटबल : अर्जेन्टिना र फ्रान्सको जित, बराबरीमा रोकियो ब्राजिल

ओलम्पिक फुटबल : अर्जेन्टिना र फ्रान्सको जित, बराबरीमा रोकियो ब्राजिल

टोक्यो ओलम्पिक २०२० अन्तर्गत आज (आइतबार) दिउँसो सम्पन्न खेलमा खेलमा फ्रान्स र अर्जेन्टिनाले जित निकालेको छन्।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० अन्तर्गत आज (आइतबार) दिउँसो सम्पन्न खेलमा खेलमा फ्रान्स र अर्जेन्टिनाले जित निकालेको छन्। जापानमा सम्पन्न खेलमा समूह एमा रहेको फ्रान्सले दोस्रो खेलमा पहिलो जित निकालेको छ। 

उसले दक्षिण अफ्रिकालाई ४-३ गोलले हराएको हो। पहिलो खेलमा फ्रान्सले मेक्सिकोसँग ४-१ गोलको हार बेहोरेको थियो। यो जितपछि तीन अंक बनाएको फ्रान्स तेस्रो स्थानमा छ भने दक्षिण अफ्रिका पुछारमा छ। पहिलो र दोस्रो स्थानमा मेक्सिको र जापान छन्। 

यस्तै समूह सीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई हराएको छ। पहिलो खेलमा अष्ट्रेलियासँग २-० गोलले पराजित भएको अर्जेन्टिनाले आजको खेलमा इजिप्टलाई १-० गोलले हराएको हो। 

अर्जेन्टिना पहिलो जितसहित समूहको दोसो स्थानमा छ। समान तीन अंक भएको अष्ट्रेलिया शीर्षस्थानमा छ। 

ब्राजिलले भने आजको खेलमा आइभोरी कोस्टसँग गोलरहित बराबरी खेलेको छ। ब्राजिलका मिडफिल्डर डल्गस लुइजले रातो कार्ड बेहोरेका थिए। 

१० खेलाडीमा समेटिए पनि बराबरी खेलेको ब्राजिलले समूह डीमा चार अंक भएको छ। दोस्रो स्थानमा रहेको कोस्टको पनि समान ४ अंक छ।

प्रकाशित: Jul 25, 2021| 12:09 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।