मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अल्मुताइरी राजीनामा प्रकरण : नेम्वाङ भन्छन्, 'षड्यन्त्र भयो, दोषी देखिए कारबाही भोग्छु’

अल्मुताइरी राजीनामा प्रकरण : नेम्वाङ भन्छन्, 'षड्यन्त्र भयो, दोषी देखिए कारबाही भोग्छु’

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणमा आफ्नो दोष नरहेको बताएका छन्।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणमा आफ्नो दोष नरहेको बताएका छन्। आल्मुताइरीले आइतबार नेम्बाङले तीन सातादेखि नाटक गरिरहेको भन्दै राजीनामा घोषणा गरेका थिए। 

National life

आल्मुताइरीले आफूमाथि आरोप लगाएको भन्दै उनले दोषी देखिए कारबाही भोग्न तयार रहेको बताए। उनले आफूमाथि आश्चर्यजनकरुपमा षड्यन्त्र गरिएको बताए। 

‘आश्चर्यजनकरुपमा यो कुरा किन आयो? मलाई विश्वास छ एन्फाले यस विषयमा छानबिन समिति गठन गर्छ। दोषी देखिए राजिनामा दिन तयार छु। निराधाररुपमा षड्यन्त्रपूर्वक हेड कोचको विज्ञप्ति आएको छ,’ उनले भनेका छन्, ‘सबै फुटबल प्रेमीले बुझिदिनुस्। राम्रो र सत्यका पक्षमा वकालत गर्दै आएको व्यक्ति हो। यो ममाथिको षयन्त्र हो।’ 

उनले एन्फाले उच्चस्तरीय छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्। ‘छानबिन समिति गठन गर्ने विषयमा अध्यक्षज्यूलाई भनेको छु। अहिले अध्यक्षले हेडकोचसँग कुरा गरिरहनुभएको छ।’ 

उनले आफ्नो अल्मुताइरीसँग हाइ-हेलोसमेत नभएको बताएका छन्। ‘उहाँसँग मेरो हाइ-हेलो समेत भएको छैन। उनले मलाई चिन्दैनन् पनि होला। गएको तीन हप्तामा मैले के चाहिँ गरेँ र?,’ उनले भनेका छन्, ‘उहाँले ममाथि लगाएको आरोप  पुष्टि गर्नुपर्छ। हेड कोचको राजीनामा फेसबुकमा आउनु राम्रो होइन। यो व्यवसायिकता होइन।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 25, 2021| 09:20 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।