बुधबार, असार २४, २०८३

१३ औं साफ नेपालमा गर्न प्रस्ताव

१३ औं संस्करणको दक्षिण एसियाली फुटबल (साफ) गेम्स गराउन दक्षिण एसियाली फुटबल फेडेरेसनले नेपाललाई पत्र पठाएको छ।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं– १३ औं संस्करणको दक्षिण एसियाली फुटबल (साफ) गेम्स गराउन दक्षिण एसियाली फुटबल फेडेरेसनले नेपाललाई पत्र पठाएको छ।

आइतबार एन्फालले सूचना जारी गर्दै आगामी अक्टोबरमा हुने साफ च्याम्पियनसिपको आयोजनाबारे बताएको हो। ‘साफ महासचिव  अनवरुल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई प्रतियागिताको लागि प्रस्ताव गर्दै पत्र लेखेका छन्,’ एन्फाले सूचनामा लेखेको छ।

एन्फा महासचिव गुरुङले साफलाई आफूले साफ च्याम्पियनसिपको आयोजनाबारे विस्तृत प्रस्ताव बनाएर पठाउने बताए। साफ च्याम्पियनसिप आयोजना गर्ने अन्तिम निर्णय भने साफ अध्यक्ष र साफ कार्यकारी समितिको हातमा हुन्छ। साफले एन्फाले प्रस्तुत गरेको विवरण हेरेर प्रतियोतिगा आयोजनाको जिम्मा दिनेछ।

बंगलादेशले प्रतियोगिता आयोजनाबाट आफ्नो नाम फिर्ता लिएपछि गएको शुक्रबार प्रस्तावित आयोजकहरुसँग छलफल गरिएको थियो। गत वर्ष यो प्रतियोगिता बंगलादेशमा आयोजना गर्ने भनिए पनि कोभिड १९ को महामारीका कारण आयोजना हुन सकेको थिएन। 

यसअघि सन् १९९७ र २०१३ मा पनि नेपालले साफ गेम्स आयोजना गरिसकेको छ। २०१३ मा नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग हार बेहोरेको थियो। नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन। इन्डियाले सबैभन्दा धेरै सातपटक यो प्रतियोगिता जितेको छ। 
 

प्रकाशित: Jul 25, 2021| 07:46 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।