आइतबार, जेठ ३, २०८३

सुर्खेतमा सोमबारदेखि थप २८ हजारलाई कोरोनाविरुद्धको खोप लगाइँदै

सुर्खेतमा सोमबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ। कूल २८ हजार ७१२ जना नागरिकलाई खोप लगाउने उद्देश्यले अभियान सुरु हुन लागेको हो।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

सुर्खेत- सुर्खेतमा सोमबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ। कूल २८ हजार ७१२ जना नागरिकलाई खोप लगाउने उद्देश्यले अभियान सुरु हुन लागेको हो।

National life

कार्यतालिका अनुसार ११ गते ५५ वर्ष उमेर पुगेका र खोपको पहिलो मात्रासमेत नलगाएका नागरिकलाई खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए। खोप लगाउन जाँदा उमेर खुल्ने कागजात (नागरिकता, सवारी चालक अनुमति पत्र वा वडाको सिफारिस) अनिवार्य लिनुपर्ने छ।

त्यस्तै १२ गते विश्वविधालयका प्राध्यापक, शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाइ खोप लगाइने भएको छ। खोप लगाउन जाँदा विश्वविद्यालयका कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्र र सार्वजनिक यातायातका चालक र सहचालकहरूले यातायात व्यावसायी संघको सूची जिल्ला प्रसाशन कार्यालयबाट प्रमाणित गराइ परिचयपत्र लिनुपर्ने छ।

आधिकारिक परिचय पत्र नभएकाहरूले भने खोप लगाउन पाउने छैनन्। सबै स्वास्थ्य संस्थामा एक साथ कोरोनाविरुद्धको खोप (भेरोसेल)को पहिलो मात्रा लगाइने छ। तर, कोरोनाको लक्षण भएका, सिकिस्त विरामी र कोरोना भएको ३० दिन ननाघेका नागरिकलाई खोप नलगाउन सुझाव दिइएको छ।

भेरोसेल खोप अभियान सकिएपछि थप २३ हजार नागरिकलाई अमेरिकी जोनसोन खोप लगाइने छ। जोनसोन खोप ५० देखि ५४ वर्ष उमेर समूहका, खोप अनिवार्य गरिएका देशमा जाने नागरिक, क र ख वर्गका अपाङ्ग, स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूलाई लगाइने छ। जोनसोन खोपको एउटा मात्रा लगाए पुग्ने भएका कारण विदेश जाने नागरिकलाई पहिलो प्राथमिकता दिइने प्रमुख वाग्लेले बताए।

सुर्खेतमा हालसम्म ३३ हजार चासय ४९ जनाले कोरोनाको पहिलो मात्रा र १४ हजार दुईसय ७९ जनाले दोस्रो मात्रा खोप लगाएका छन्। सुर्खेतमा १८ हजार ७०७ जना कोभिसिल्डको दोस्रो मात्रा लगाउने पर्खाइमा छन्।

प्रकाशित: Jul 25, 2021| 02:56 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्