आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा फेरि बढ्यो कोरोना, हाटबजारमै भेटिन थाले संक्रमित 

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश १ मा फेरि बढ्यो कोरोना, हाटबजारमै भेटिन थाले संक्रमित 

प्रदेश १ का अन्य स्थानीय तहको तुलनामा धरानमा दैनिक संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले स्थलगत रुपमा परीक्षण सुरु गरेको छ।
 |  शनिबार, साउन ९, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, साउन ९, २०७८

विराटनगर- सुनसरीको धरानमा दैनिक संक्रमण बढ्दो छ। शनिबारमात्रै धरानमा ७७ जनामा संक्रमण देखिएको छ।

triton college

प्रदेश १ का अन्य स्थानीय तहको तुलनामा धरानमा दैनिक संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले स्थलगत रुपमा परीक्षण सुरु गरेको छ। धरानमा तराई र पहाड जोड्ने बजार र भारतीय सैनिकहरुको बढी चहलपहल हुने गरेका कारण संक्रमण बढेको विश्लेषण गरिएको छ। 

भिडभाड हुने स्थानको छनोट गरी नगरपालिकाले नमुना परीक्षण सुरु गरेको छ। भिडभाड हुने स्थानमा गरिएको नमुना परीक्षणका क्रममा संक्रमितहरु फेला परेका छन्।

धरानको भानुचोक नजिकैको गौतम पथमा रहेको सब्जीमण्डीमा २६ पुरुष र ११ महिला गरी ३७ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक महिला ग्राहकमा संक्रमण देखिएको छ। त्यस्तै धरान-३ को सब्जीमण्डीमा २८ पुरुष, ५ महिला गरी ३४ जनामा गरिएको परीक्षणमा २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए। 

बजार आएका ग्राहक र व्यापारीमा गरिएको नमुना परीक्षणमै संक्रमण फेला परपछि धरान कोरोनाको अति उच्च जोखिममा रहेको देखिएको छ। धरान बजारमा स्वास्थ्य सावधानी नअपनाउँदा संक्रमण बढ्ने जोखिम देखिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताए। उनले भने, ‘सामान्य स्वास्थ्य मापदण्ड पनि पालना गरेको देखिँदैन।’  

Metro Mart
vianet

धरान पहाड र तराईका मानिसको आउजाउ हुने मुख्य थलो भएकोले कोरोना संक्रमणदर बढेको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँ बताउँछन्।

कोरोना संक्रमण बढ्दै गए लकडाउनसम्म गर्न सकिने गरी उपमहानगरपालिकाले तयारी अघि बढाएको छ। धरानका बढी भिडभाड हुने स्थानमा स्थलगत परीक्षणसँगै बजार अनुगमन गरिने र त्यसपछि निर्णय गरिने नगर प्रमुख तिलक राईले बताए। 

निषेध आदेश खुकुलो भएसँगै जनस्वास्थ्यको मापदण्ड अपनाउन छाडेको पाइएकाले ‘मास टेष्ट’ आवश्यक रहेको जनस्वास्थ्यकर्मी बताउँछन्। पछिल्लो समय प्रदेश १ मा संक्रमण बढ्दै गएकाले मास टेष्ट आवश्यक रहेको जनस्वास्थ्यकर्मी कैलाश श्रेष्ठ बताउँछन्। 

झापामा पालिका शिल गर्न थालियो

झापामा कोरोना संक्रमणदर बढ्दै गएपछि पालिकाहरुले शिल गर्न थालेका छन्। शनिबार झापामा पीसीआर र एन्टिजेन गरी ३०९ जनामा संक्रमण पुष्टि भएको छ। निषेध आदेश नाममात्रको भएको भन्दै पालिकाहरुले शिल गर्न थालेका हुन्।
संक्रमणदर बढेको भन्दै साउन ५ गतेदेखि १२ गते मध्यरातसम्म लागू हुने गरी बुद्ध शान्ति गाउँपालिकाले आफ्नो क्षेत्रभित्र मानिसको आवतजावत रोक्न शिल गरेको जनाएको छ। 

अर्जुनधारा नगरपालिकाको ८ नम्बर वडा कार्यालयले पनि शनिश्चरे बजार क्षेत्र एक साताको लागि बन्द गरेको छ। कार्यालयले साउन ८ गते देखी १५ गतेसम्म बजार बन्द गरेको जनाएको हो। कनकाई नगरपालिकाले शनिबार राति १० बजेदेखि लागू हुने गरी १६ गतेसम्म नगरका सबै चोक, बजार र टोल शिल गरेको जनाएको छ।

नगरपालिकाले विज्ञप्ति जारी गरी अत्यावश्यकबाहेक सबै पसलहरू बन्द गर्ने निर्णय गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए। झापामा करिब २ हजारको संख्यामा सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए। 

सक्रिय संक्रमित पनि बढ्दै

प्रदेश १ मा सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएको छ। केही साता अघिसम्म घटेको सक्रिय संक्रमितको संख्या पछिल्ला दिनमा बढेको हो। सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीका अनुसार शनिबार सक्रिय संक्रमितको संख्या ६ हजार १७० छ। उनका अनुसार झापा र मोरङमा २ हजार बढी सक्रिय संक्रमित छन्। सुनसरीमा १ हजार ७०० तथा धनकुटामा १ सय बढी सक्रिय संक्रमित छन् भने जिल्लामा सक्रिय संक्रमितको संख्या केही कम छ।

प्रकाशित: Jul 24, 2021| 12:04 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।