बुधबार, फागुन २७, २०८२

अफगान सुरक्षा बलको कारबाहीमा ३० तालिबानीको मृत्यु

अफगानिस्तानका अधिकांश क्षेत्र कब्जा गरेको तालिबानी समूहविरुद्ध सरकारी सुरक्षा फौजले हवाई कारबाही सुरु गरेको छ।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

एजेन्सी- अफगानिस्तानका अधिकांश क्षेत्र कब्जा गरेको तालिबानी समूहविरुद्ध सरकारी सुरक्षा फौजले हवाई कारबाही सुरु गरेको छ।

National life

हवाई आक्रमणमा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये सबैजना तालिबान लडाकुहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन्। 

घटनामा परी अरु १७ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन्। शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ।

देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए। मुर्घाब र हसानमा रहेको तालिबान लडाकुहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाइ आक्रमण गरेका थिए।

त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए। घटनास्थलबाट सुरक्षाकर्मीहरुले सवारी साधनहरु, बंकर, विस्फोटक पदार्थलगायतका लडाकूहरुले प्रयोग गर्नेगरेको सामग्रीहरु पनि बरामद गरेका छन्।  

Laxmi sunrise bank
kumari

लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहे पनि टुंगीन सकेको छैन। द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्। रासस

प्रकाशित: Jul 24, 2021| 09:49 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।