काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मीरका नागरिकलाई पाकिस्तानमा मिसिने वा स्वतन्त्र रहने विषयमा फैसला लिने अधिकार रहेको बताएका छन्।
भारतले जम्मु र कश्मीर भारतको अभिन्न अंग दाबी गरिरहेका बेला पाकिस्तानका प्रधानमन्त्रीले भने पाकिस्तानको घोषित नीतिका विपरित स्वतन्त्र हुने अवसरको घोषणा गरेका हुन्।
आइतबार हुने आम चुनावअघि पाकिस्तान प्रशासित कश्मीरको तरार खाल इलाकामा भएको एक चुनावी सभालाई सम्बोधन गर्दै इरानम खानले पाकिस्तानले कश्मीरलाई छुट्टै प्रान्त बनाउने योजना बनाइरहेको भन्ने विपक्षी दलको आरोप पनि खारेज गरेका छन्।
पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल–एन) की नेतृ मरियम नवाजले १८ जुलाईमा पीओकेमा एक चुनावी सभालाई सम्बोधन गर्दै कश्मीरलाई अलग प्रान्त बनाउने तयारी भइरहेको बताएकी थिइन्। इमरान खानले आफ्नो सम्बोधनमा भने, ‘यी सबै झुठा कुरा हुन्, मलाई थाहा छैन, यस्ता कुराहरु कहाँबाट आउँछन् र सुनाइन्छ।’
उनले आफ्नो सम्बोधनमा कश्मीरी नागरिकलाई संयुक्त राष्ट्र संघको प्रस्तावअनुसार आफ्नो भविष्य तय गर्ने अनुमति हुने बताए। उनले त्यो दिन कश्मीरले पाकिस्तानमै रहने फैसला गर्ने विश्वास पनि व्यक्त गरे।
बीबीसी हिन्दीबाट