सोमबार, कात्तिक ३, २०८२

साउन पहिलो साताको उपत्यका [सात तस्बिरमा]

शनिबारदेखि लामो रुटका बस पनि चल्न थालेपछि जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ। यद्यपि स्वास्थ्य मापदण्ड भने कमै मात्र पालना गरिएको देखिन्छ।
 |  शनिबार, साउन ९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, साउन ९, २०७८
Kumaribank
Metro Mart

काठमाडौं– साउन पहिलो साता बितेको छ। कोरोना महामारीको त्रास झन् बढ्दो छ। सरकारले कोरोना महामारीको तेस्रो लहर फैलन सचेत गराउँदै निषेध आदेश खुकुलो बनाइसकेको छ। शनिबारदेखि लामो रुटका बस पनि चल्न थालेपछि जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ। यद्यपि स्वास्थ्य मापदण्ड भने कमै मात्र पालना गरिएको देखिन्छ। राजधानीमा यस साता कैद गरिएका केही तस्बिर :

बाढी पसेको बल्खुस्थित पुलबाट मोटरसाइकल चढेर गन्तव्यतर्फ लाग्दै एक व्यक्ति।
पुनः निर्माण भइरहेको पाटन दरबार क्षेत्र। 
सरकारको विरोधमा नागरिक समाजले राजधानीमा प्रदर्शन गरेको सडक नाटकमा सहभागी कलाकार।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको तस्बिरमा माल्यार्पण गर्दै एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल।
अफगानिस्तानमा मारिएका रोयटर्सका फोटो पत्रकारको सम्झनामा नेपाली फोटो पत्रकारहरूले काठमाडौंको स्वयम्भूमा आयोजना गरेको श्रद्धाञ्जलि।
क्रियाशील सदस्यता विवाद छानबिनको माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बसेका कांग्रेस कार्यकर्ता।

 

प्रकाशित: Jul 24, 2021| 07:54 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।