काठमाडौं- टोक्यो ओलम्पिक २०२० शुभारम्भ भएको छ। जापानको राजधानी टोक्योस्थित ओलम्पिक भिलेजको खाली रंगशालामा ओलम्पिकको शुभारम्भ भएको हो।
टोक्यो ओलम्पिक २०२० मा नेपालबाट सहभागी बनेकी कल्पना परियारले सुटिङतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
जापानको टोक्योमा भर्खरै सम्पन्न १० मिटर एयर राइफलतर्फको खेलमा उनले ६१६ दशमलव ८ अंक पाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।
टोक्यो ओलम्पिक २०२० मा वाइल्ड कार्डमार्फत् नेपालबाट जुडोमा सहभागी बनेकी सोनियाँ भट्ट पहिलो चरणमै पराजित बनेकी छन्।
उनी नवौं वरियताकी रसियान खेलाडी इरिना डोल्जोवसँग परातिज भएकी हुन्। उनले एक मिनेट १६ सेकन्ड मात्र मैदानमा बिताउन सकिन्। त्यसमा डोल्जोवाले एक इप्पानका साथ जित निकालेकी छन्।




