काठमाडौं– टोक्यो ओलम्पिक २०२० मा वाइल्ड कार्डमार्फत् नेपालबाट जुडोमा सहभागी बनेकी सोनियाँ भट्ट पहिलो चरणमै पराजित बनेकी छन्।
उनी नवौं वरियताकी रसियान खेलाडी इरिना डोल्जोवसँग परातिज भएकी हुन्। उनले एक मिनेट १६ सेकन्ड मात्र मैदानमा बिताउन सकिन्। त्यसमा डोल्जोवाले एक इप्पानका साथ जित नकालेकी छन्।
यससँगै नेपाली खेलाडी सोनियाँले १०–० को हार बोहेरिन्। यसअघि अर्की नेपाली खेलाडी कल्पना परियाले टोक्यो ओलम्पिकमा सहभागीता जनाइसकेकी छन्। उनले १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।
सो खेलका दौरान उनले ६१६ दशमलव ८ अंक जोडेकी थिइन्। अब इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन्।