मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टोक्यो ओलम्पिकमा कल्पना परियारले बनाइन् राष्ट्रिय कीर्तिमान

टोक्यो ओलम्पिकमा कल्पना परियारले बनाइन् राष्ट्रिय कीर्तिमान

टोक्यो ओलम्पिक २०२० मा नेपालबाट सहभागी बनेकी कल्पना परियारले सुटिङतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० मा नेपालबाट सहभागी बनेकी कल्पना परियारले सुटिङतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।

National life

जापानको टोक्योमा भर्खरै सम्पन्न १० मिटर एयर राइफलतर्फको खेलमा उनले ६१६ दशमलव ८ अंक पाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।

उनले कीर्तिमान बनाए पनि अघिल्लो चरणमा पुग्न भने सकिनन्। समग्रमा उनी ४८औं स्थानमा रहिन्। सुटिङबाट ८ खेलाडीले मात्र फाइनलमा प्रवेश गर्नेछन्।

यसअघि कल्पनाले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ६१४ दशमलव ८ अंक जोड्दै राष्ट्रिय रेकर्ड बनाएकी थिइन्।

कल्पनासहितको नेपाली टिम गत जुलाई १६ मा जापना पुगेको थियो। त्यहाँ प्रतिस्पर्धा गर्ने कल्पना पहिलो नेपाली खेलाडी हुन्। त्यस्तै, आजै हुने अर्को खेलमा जुडोतर्फकी सोनियाँ भट्टले पनि खेल्नेछिन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 24, 2021| 01:49 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।