मंगलबार, माघ ६, २०८२

खाली रंगशालामा सुरु भयो टोक्यो ओलम्पिक

टोक्यो ओलम्पिक २०२० शुभारम्भ भएको छ। जापानको राजधानी टोक्योस्थित ओलम्पिक भिलेजको खाली रंगशालामा ओलम्पिकको शुभारम्भ भएको हो।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० शुभारम्भ भएको छ। जापानको राजधानी टोक्योस्थित ओलम्पिक भिलेजको खाली रंगशालामा ओलम्पिकको शुभारम्भ भएको हो।

National life

खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको उद्घाटन समोरोहमा यसपटक एक हजारभन्दा कम दर्शकलाई उपस्थितिको अनुमति दिइएको छ। जापानका सम्राट नरुहितोले खेलको औपचारिक उद्घाटन गरेका छन्।

जापान ओलम्पिकमा ओलम्पिक मशाल प्रज्वलित गर्ने खेलाडीको नाम गोप्य राखिएको छ। खेल सुरु भएपछि आयोजनालाई लिएर जारी आलोचना कम हुने अपेक्षा आयोजकले राखेको छ। 

कोरोना भाइरसको महामारीका कारण ठिक एक वर्ष पछाडि धकेलिएको टोक्यो ओलम्पिक अहिले पनि महामारीकै बीचमा हुन लागेको हो।

जापानमा महामारीका बीचमा ओलम्पिक गर्न लागिएको भन्दै लामो समयदेखि विरोध जारी छ। आयोजकले कडा सुरक्षा सतर्कताबीच ओलम्पिक खेलहरु आयोजना गरेको छ।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा भाग लिन आउने खेलाडी तथा विभिन्न देशका अफिसियलहरुको पटकपटक कोरोना परीक्षण भइरहेको छ। हालसम्म यसरी भाग लिन आएका ९० भन्दा बढीमा कोरोना पुष्टि वा कन्ट्याक्ट ट्रेसिङको मामिला देखा परेको जनाइएको छ।

टोक्यो ओलम्पिकमा नेपालबाट ४ खेलमा ५ खेलाडी सहभागी हुँदैछन्।

प्रकाशित: Jul 23, 2021| 12:45 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।