आइतबार, चैत ८, २०८२

माग पूरा नभए शिक्षक महासंघले प्रधानमन्त्री कार्यालय घेराउ गर्ने [मागपत्रसहित]

हाम्रा माग सम्बाेधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहन्छ। माइतीघरमण्डलामा धर्ना दिएर सरकारको ध्यानाकर्षण गराएका हौं। माग सम्बोधन नभए प्रधानमन्त्रीको कार्यालय घेराउ गर्छौं।’
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं– नेपाल शिक्षक महासंघले सरकारले माग पूरा नगरे प्रधानमन्त्री कार्यालयमा घेराउ गर्ने चेतावनी दिएको छ। महासंघमा आबद्ध शिक्षकले मागबारे सरकारकाे ध्यानाकर्षण गराउन शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिएका छन्।

National life

शिक्षकहरुलाई कोरोना खोप दिन सुरु गरे  पनि अन्य मागका विषयमा सुनुवाइ नभएकाले सरकारको ध्यानाकर्षण गराउन धर्ना दिइएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उनले भने, ‘प्रारम्भिक बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि निर्णय गरे पनि स्पष्ट छैन। हाम्रा माग सम्बाेधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहन्छ। माइतीघरमण्डलामा धर्ना दिएर सरकारको ध्यानाकर्षण गराएका हौं। माग सम्बोधन नभए प्रधानमन्त्रीको कार्यालय घेराउ गर्छौं।’

प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाका लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने गर्नुपर्ने लगायतका ३४ बुँदे माग राख्दै महासंघ गत वैशाख २० गतेदेखि आन्दोलनरत छ। महासंघले भदौ ११ गतेसम्मका लागि हरेक शुक्रबार आन्दोलनका कार्यक्रम तालिका यसअघि नै घोषणा गरिसकेको छ।

यस्ता छन् महासंघका माग

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 23, 2021| 09:55 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्