आइतबार, चैत ८, २०८२

निजामती सरह अधिकार माग्ने शिक्षकमाथि संघको कारबाही! 

निजामती कर्मचारी सरह सेवासुविधा र अधिकार माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका शिक्षकलाई नेपाल शिक्षक संघले कारबाही गर्ने भएको छ। 
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं – निजामती कर्मचारी सरह सेवासुविधा र अधिकार माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका शिक्षकलाई नेपाल शिक्षक संघले कारबाही गर्ने भएको छ। संघले संस्थागत निर्णयविपरीत सर्वोच्च अदालमा मुद्दा दायर गरिएको भन्दै आफ्ना सदस्यहरुलाई कारबाही गर्न लागेको हो। संघले व्यक्तिगत लहडका आधारमा मुद्दामामिलामा नलाग्न पनि शिक्षकहरुलाई सजग गराएको छ। 

National life

असार १७ गते स्थायी शिक्षक हकहित मञ्चका संयोजक रमेश भट्टराईलगायतले आर्थिक वर्ष २०७८/०७९ को  बजेटमा शिक्षक कार्मचारीबीच विभेद गरिएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। मुद्दाको साधारण तारिख साउन १७ गतेका तोकिएको छ। भट्टराई नेपाल शिक्षक संघका सदस्य हुन्।

संस्थाको नीति, नियम, विधि, विधान, निर्णय, निर्देशनको पालना नगर्ने सदस्यहरुलाई कारबाही गर्ने संघले जनाएको छ।

संघका केही सदस्यहरुले आफू सदस्य रहेको संस्था विघटन गर्नुपर्ने विचार सार्वजनिक सञ्चारमाध्यममा अभिव्यक्त गर्ने र नेतृत्वलाई अनावश्यक टीकाटिप्पणी गर्ने गरेकाले  यसलाई तत्काल रोक्न संघले निर्देशन दिएको छ। संस्थागत अनुशासन कायम गर्न सस्थाको नीति, नियम, विधि, विधान, निर्णय, निर्देशनको पालना नगर्ने सदस्यहरुलाई कारबाही गर्ने संघले जनाएको छ।

पेसागत शिक्षकका संस्थाहरुको छाता संगठन नेपाल शिक्षक महासंघबाट समेत आबद्ध संस्थाका सदस्यहरुबारे अनुशासन र मर्यादाहीन गतिविधि  भइरहेको एवं संस्थागत निर्णयविपरीत व्यक्तिगत लहडका आधारमा अदालतमा मुद्दामामिलासमेत गरेको हुनाले कारबाही गर्न अनुरोधपत्रसमेत प्राप्त भएकाले कुनै सदस्यबाट यस्ता गलत क्रियाकलाप भए गरेमा कारबाही गर्ने जनाएको हो।

Laxmi sunrise bank
kumari

साथै यसै पत्रसाथ संलग्न सर्वोच्च अदालतमा परेको मुद्दाहरुको मिसिलमा निवेदकका रुपमा रहेका शिक्षकहरु नेपाल शिक्षक संघका सदस्य हुन् वा होइनन् यकिन गरी संघका सदस्य हुन् भने निजहरूलाई स्पष्टीकरण सोधी प्राप्त विवरण १५ दिनभित्र संघीय कार्यालयमा पठाउन सम्बन्धीत जिल्ला संघलाई निर्देशन दिएको छ।

अनुशासन उल्लंघन गर्ने कुनै पनि सदस्यलाई नेपाल शिक्षक संघको विधानको परिच्छेद दफा ६७२६८ मा भएको प्रबन्धबमोजिम कारबाहीको दायरामा ल्याउने महासचिव सोमनाथ गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

प्रकाशित: Jul 23, 2021| 09:05 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्