मंगलबार, असार २३, २०८३

जापानमा नेपाली खेलाडीको यसरी हुँदैछ अभ्यास [तस्बिरहरू]

आज दिउँसो उद्घाटन हुने टोक्यो ओलम्पिक २०२० को तयारीको अन्तिम चरणमा रहेको नेपाली खेलाडीले लगातार अभ्यास गरिरहेका छन्।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- आज दिउँसो उद्घाटन हुने टोक्यो ओलम्पिक २०२० को तयारीको अन्तिम चरणमा रहेको नेपाली खेलाडीले लगातार अभ्यास गरिरहेका छन्।

ओलम्पिकमा सहभागी बन्नका लागि २३ सदस्सीय नेपाली टोली टोक्यो पुगिसकेका छन्। जसमा चार खेलाडी रहेका छन्। खेलाडीमा पौडीकी गौरिका सिंह, एलेक्स साह, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार रहेका छन्।

उनीहरू अहिले जापानमा अन्तिम चरणको अभ्यासमा छन्। पौडीका दुई खेलाडी गौरिका एलेक्जेन्डरले १०० मिटर फ्रिस्टिाइलमा सहभागीता जनाउनेछन्। दुवै खेलाडीको खेल शनिबार हुनेछ।

यता जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार र एथ्लेटिक्सकी कल्पना परियारले भने वाइल्कार्डमार्फत् प्रतियोगितामा भाग लिएका थिए।

जुडोतर्फको बिहीबार सार्वजनिक भएको ड्रबाट नेपाली खेलाडी भट्टले रसियाकी विश्व वरियतामा नम्बर नौकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छन्।

उनले उद्घाटनको भालिपल्ट अर्थात् जुलाई २४ तारिकमा पहिलो खेल खेल्नेछिन्। त्यस्तै महिला १० मिटर एयर राइफलमा नेपालकी कल्पना परियारले सहभागिता जनाउनेछिन्। उनको खेलमा पनि जुलाई २४ मा नेपाली समय अनुसार सवा ११ बाट सुरु हुनेछ। महिलातर्फको १० मिटर एयर राइफलको फाइनलसम्मको खेल सोही दिन हुनेछ।

प्रकाशित: Jul 23, 2021| 06:09 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।