काठमाडौं- इंग्ल्यान्डमा पहिलोपटक आयोजना भएको सय बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडको पुरुषतर्फको पहिलो खेल समपन्न भएको छ। सो फर्म्याटअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा ओभल इन्भिन्सिबलले म्यानचेस्टर ओरिजिलन्सलाई ९ रनले पराजित गरेको छ।
ओभल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इन्भिन्सिबलले निर्धारित सय बलमा आठ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
इन्भिन्सिबलका कप्तान साम बिलिङग्स अर्धसतक बनाउनबाट एक रनले चुकेका थिए। यता म्यान्चेस्टरका फ्रेड कलासेनले तीन विकेट लिए।
जवाफी ब्याटिङमा म्यानचेस्टरले निर्धारित १०० बल खेल्दै सात विकेट गुमाएर १३६ रन बनाएको थियो। उसलाई लक्ष्य पुरा गर्न नदिन साम कुरन र नाथन सेवटरले समान २–२ विकेट गिराए।