काठमाडौं- टोक्यो ओलम्पिक २०२० फुटबलमा अर्जेन्टिनालाई अष्ट्रेलियाले २-० गोलले पराजित गरेको छ।
खेलको १३ औं मिनेटमा अष्ट्रेलियाका लाचन वेल्सले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। उनको गोलसँगै पहिलो हाफमा अष्ट्रेलिया एक गोलले अघि रह्यो।
त्यस्तै, दोस्रो हाफको ७९ औं मिनेटमा मार्को टिलोले गोल गरेपछि अष्ट्रेलियाले दुई गोलको जित निकालेको हो।
यता अर्जेन्टिनाका फ्रान्सिस्को ओर्टेडाले पहिलो हाफको अन्तिम मिनेटमा रेड कार्ड पाएका थिए। सोही समूहको आज (बिहीबार) दिउँसो अर्को खेलमा स्पेन र इजिप्टले गोलरहित बराबरी खेलेका छन्।