बिहीबार, असार २५, २०८३

ताकेफुसा कुबोको गोलमा जापानको विजयी सुरुवात

जापानी युवा खेलाडी ताकेफुसा कुबोको गोलमा जापानले घरेलु मैदानमा विजयी सुरुवात गरेको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- जापानी युवा खेलाडी ताकेफुसा कुबोको गोलमा जापानले घरेलु मैदानमा विजयी सुरुवात गरेको छ। टोक्यो ओलम्पिक २०२० को आफ्नो पहिलो खेलमा जापनाले दक्षिण अफ्रिकालाई १-० गोलले हराएको हो।

बन्द रंगशालामा खेलाइएको खेलमा जापानको जितका लागि खेलको ७१ औं मिनेटमा रियलका २० वर्षे खेलाडी कुबोले निर्णायक गोल गरेका थिए।

यसअघि जापाले सन् १९८८ मा मेक्सिको सिटी गेम्समा काश्य पदक जितेको थियो। त्यसपछि जापानले ओलम्पिक फुटबलमा मेडल जित्न सकेको छैन। यो वर्ष घरेलु समर्थक नभए पनि घरेलु मैदानको साथ पाएको जापान त्यो मेडलबाट अघि बढ्न चाहन्छ।

दक्षिण अफ्रिका पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्ने लयमा हुनेछ। तर उसका दुई खेलाडीलाई कोभिड पोजेटिभ देखिएपछि उनीहरु खेल्न पाउने छैनन्।

टिमका १८ खेलाडी संक्रमित भएका खेलाडी र भिडियो एनालिस्टको सम्पर्कमा रहेका थिए। त्यसले दक्षिण अफ्रिकाको यात्रामा चुनौती देखिएको छ।

प्रकाशित: Jul 22, 2021| 14:43 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।