मंगलबार, असार २३, २०८३

ओलम्पिक फुटबल : जर्मनीविरुद्ध ब्राजिलको सहज जित

टोक्यो ओलम्पिकअन्तर्गत बिहीबार साँझ सम्पन्न खेलमा ब्राजिलले जर्मनीविरुद्ध ४-२ गोलको जित निकालेको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- टोक्यो ओलम्पिकअन्तर्गत बिहीबार साँझ सम्पन्न खेलमा ब्राजिलले जर्मनीविरुद्ध ४-२ गोलको जित निकालेको छ।

ब्रालिजका रिचार्लिसनले ह्याट्रिक गरेपछि ब्राजिलले पहिलो हाफमै ३-० गोलको अग्रता बनाएको हो। रिचार्लिसनले पहिलो हाफको खेलको २९ मिनेटभित्र ह्याट्रिक पुरा गरेका थिए। उनले छैटौं, २१ औं र २९ औं मिनेटमा गोल गरेका थिए।

पहिलो हाफको अन्तिममा पेनाल्टीको अवसर पाए पनि माथ्थिउस कुन्हाले बायाँ कुनामा प्रहार गरेको बल जर्मनीका गोलकिपर फ्लोरियन मुलबरले बचाएका थिए।

खेलको ३५ औं मिनेटमा जर्मनीका म्याक्सवेल अर्नोल्डले रिचार्लिसनमाथि फउल गरेपछि उनलाई रेफ्रीले पहेलो कार्ड देखाएका थिए।

दोस्रो हाफको ६२ औं मिनेटमा कप्तान अर्नोल्डले ब्राजिलका कप्तान डेनियल अल्वासलाई फउल गरेपछि उनले डबल यल्लो कार्ड पाएका थिए। त्यसपछि जर्मनी १० खेलाडीमा समेटिएको थियो।

१० खेलाडीमा समेटिएको जर्मनीले पनि एक गोल गरेको थियो। खेलको ८४ औं मिनेटमा रेग्नर एचएले गोल गरे भने त्यसअघि नदिम अमिरिले गोल गरेका थिए।

पहिलो हाफमा ३–० ले अगि रहेको ब्राजिल दोस्रो हाफमा ३–२ को अवस्थामा पुगेको थियो। त्यसपछि स्टपेज समयमा ब्राजिलका पाउलिन्होले गोल गर्दै ब्राजिललाई ४–२ गोलको जित दिलाएका हुन्।

प्रकाशित: Jul 22, 2021| 14:33 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।