सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सभापतिको तयारी गरिरहेका निधीलाई महोत्तरीमा भव्य स्वागत

सभापतिको तयारी गरिरहेका निधीलाई महोत्तरीमा भव्य स्वागत

१४ औं महाधिवेशनमा सभापतिमा उठ्ने नेता निधीको तयारीले यो क्षेत्रमा आशा र उत्साह छाएको छ, त्यसैले पनि स्वतस्फूर्त रुपमा कार्यकर्ताहरु स्वागतमा जुटे’, महोत्तरी कांग्रेसका जिल्ला सभापति महेन्द्र राय भन्दै थिए।
 |  बिहीबार, साउन ७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, साउन ७, २०७८

जलेश्वर (महोत्तरी)- कांग्रेसको १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिन तयारी गरिरहेका वर्तमान उपसभापति विमलेन्द्र निधीलाई महोत्तरीमा भव्य स्वागत गरिएको छ। नेता निधी जिल्ला आउने भएपछि सयौं कार्यकर्ताहरुले बिहीबार उनको स्वागतमा सवारी र्‍याली निकालेका थिए। सवारी साधन, फूलमाला र नाराबाजीसँगै कार्यकर्ताको लस्कर नेता निधीलाई स्वागतार्थ २५ किलोमिटर पर बर्दिबाससम्म पुगेको थियो।

National life

‘१४औं महाधिवेशनमा सभापतिमा उठ्ने नेता निधीको तयारीले यो क्षेत्रमा आशा र उत्साह छाएको छ, त्यसैले पनि स्वतस्फूर्त रुपमा कार्यकर्ताहरु स्वागतमा जुटे,' महोत्तरी कांग्रेसका जिल्ला सभापति महेन्द्र राय भन्दै थिए, ‘पार्टीमा उहाँले पुर्‍याएको योगदानलाई कदर गर्नु हामी सबैको दायित्व र संस्कारभित्र पर्छ।’ 

नेता निधीका लागि बर्दिवास–जलेश्वर खण्डका ठाउँ–ठाउँमा स्वागतद्वार बनाइएको थियो। स्थान विशेषका कार्यकर्ताहरुले समूह–समूहमा उनलाई फूलमाला दिएर हार्दिकता प्रकट गरेका थिए। निधीलाई स्वागत गर्न कांग्रेसबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव पनि पुगेका थिए। ‘केन्द्रबाट उपस्थित प्रभावशाली नेतालाई स्वागत गर्न पाउँदा सबै खुशी देखिए’, नेपाल समयसँग छोटो प्रतिक्रिया दिँदै मन्त्री यादवले भने। 

Laxmi sunrise bank
kumari

२०७४ आमनिर्वाचनमा पराजित भएयता उनी काठमाडौंबाट तराईको यात्रामा आउँदा यसअघि यस्तो स्वागत भएको थिएन। कांग्रेस उपसभापति निधीले आजै महोत्तरीको जलेश्वरस्थित महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन तथा शालिक अनावरण गरेका छन्। ‘औपचारिक रुपमा भवन उद्घाटन र शालिक अनावरण कार्यक्रम भए पनि हामीले यही मौकामा उहाँसँग पार्टीभित्रका विविध विषयमा आफ्ना कुरा राख्ने छौं’, जिल्ला सभापति यादवले भने, ‘हामीलाई विश्वास छ, पार्टीभित्र देखिएको क्रियाशिल सदस्यताको विवाद समाधानमा उहाँको योगदान रहनेछ।’

कार्यक्रममा सहभागी कांग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङले पनि आगामी महाधिवेशन र त्यसको तयारीको सन्दर्भ जोड्दै उपसभापति निधीको प्रशंसा गरे।  भने, ‘उहाँले जे प्राप्त गर्नुहुन्छ, त्यो काविल भएरै हाँसिल गर्नुहुन्छ। कार्यकर्तालाई मिलाएर लैजाने क्षमता उपसभापति निधीमा छ।’
 

प्रकाशित: Jul 22, 2021| 14:01 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।