काठमाडौं- जापानको टोकियो सहरमा आयोजित ओलम्पिक २०२० को उद्घाटन शुक्रबार हुँदैछ। प्रतियोगिता सुरु हुनुअघि नै केही प्रतियोगिताका खेल भइरहेका भए पनि उद्घाटन भने शुक्रबार दिउँसो नेपाली समय अनुसार ४:४५ मा जापानको राजधानी टोकियोमा हुने छ। फुटबल, एथ्लेटिक्स, सफ्टबल, टेनिस, पौडीलगायतका खेल सुरु भइसकेका छन्।
टोकियो ओलम्पिक आयोजक समितिले उद्घाटन समारोहको निर्देशकलाई भने बिहीबार बर्खास्त गरेको छ। समितिले ओलम्पिकको उद्घाटनको एक दिनअघि मात्र निर्देशक केन्तारो कोबायासालाई बर्खास्त गरेको हो। २३ वर्षअघि (सन् २९९८) मा ‘होलोकस्ट’ (मानवीय संहार)बारे भद्दा मजाक गरेको भन्दै उनलाई बर्खास्त गरिएको हो। आयोजक समितिका अध्यक्ष सेइको हासिमातोले कोबायासीलाई बर्खास्त गरेको बताएकी हुन्।
टोकियो ओलम्पिक यसअघि पनि विभिन्न घटनाका कारण आलोचना भइरहेको छ। रंगशालामा दर्शकलाई प्रतिबन्ध गरिएको प्रतियोगिताको उद्घाटनका लागि तयार गरिएको एक अडियो पनि परिवर्तन गर्नु परेको थियो। यता कोभिड–१९ को महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिता आयोजना गर्दा जापान सरकारले जापनी जनताको आलोचना खप्नु परेको थियो।
जापानी जनताको तीव्र ओलोचना र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको दबाबमा प्रतियोतिगा आयोजना गरेको हो।
जापानमा यसअघि १९६४ मा पनि समर ओलम्पिक भएको थियो। त्यो ओलम्पिकबाट नेपालले ओलम्पिकमा सहभागीता जनाउन सुरु गरेको थियो।
हालको ओलम्पिकमा चार खेलाडी सहभागी भएका छन्। पौडीका दुई खेलाडी गौरिका सिंह र एलेक्जेन्डर साह युनिभर्सालिटी कोटाअन्तर्गत टोक्यो ओलम्पिकमा सहभागी भएका हुन्। उनीहरूले १०० मिटर फ्रिस्टिाइलमा सहभागीता जनाउनेछन्। दुवै खेलाडीको खेल शनिबार हुनेछ।
यता जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार र एथ्लेटिक्सकी कल्पना परियारले भने वाइल्कार्डमार्फत् प्रतियोगितामा भाग लिएका थिए।
जुडोतर्फको बिहीबार सार्वजनिक भएको ड्रबाट नेपाली खेलाडी भट्टले रसियाकी विश्व वरियतामा नम्बर नौकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छन्।
उनले उद्घाटनको भालिपल्ट अर्थात् जुलाई २४ तारिकमा पहिलो खेल खेल्नेछिन्।
त्यस्तै महिला १० मिटर एयर राइफलमा नेपालकी कल्पना परियारले सहभागिता जनाउनेछिन्। उनको खेलमा पनि जुलाई २४ मा नेपाली समय अनुसार सवा ११ बाट सुरु हुनेछ। महिलातर्फको १० मिटर एयर राइफलको फाइनलसम्मको खेल सोही दिन हुनेछ।
यता ३० जुलाईमा एथ्लेटिक्सतर्फ १०० मिटर दौडमा नेपालकी एथ्लेटिक्स खेलाडी (स्प्रिन्ट धावक) सरस्वती चौधरी दौडिने छन्। दिनको तीन बजे सुरु हुने दौडमा अन्तिम नेपाली सहभागीका रूपमा उनले ओलम्पिक खेल्नेछिन्। उनी रहेको विधाको सेमिफाइनल र फाइनल खेल भने जुलाई ३१ मा हुनेछ।