शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ओलम्पिकमा जर्मनीविरुद्ध ब्राजिल : रिचार्लिसनको ह्याट्रिकमा पहिलो हाफमै अग्रता

ओलम्पिकमा जर्मनीविरुद्ध ब्राजिल : रिचार्लिसनको ह्याट्रिकमा पहिलो हाफमै अग्रता

टोक्यो ओलम्पिक २०२० अन्तर्गत अहिले जापानमा जारी खेलमा ब्राजिलले जर्मनीविरुद्ध पहिलो हाफमै ३ गोलको अग्रता लिएको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० अन्तर्गत अहिले जापानमा जारी खेलमा ब्राजिलले जर्मनीविरुद्ध पहिलो हाफमै ३ गोलको अग्रता लिएको छ।

ब्रालिजका रिचार्लिसनले ह्याट्रिक गरेपछि ब्राजिलले तीन गोलको अग्रता बनाएको हो। रिचार्लिसनले पहिलो हाफको खेलको २९ मिनेटभित्र तीन ह्याट्रिक पुरा गरेका थिए। उनले छैटौं, २१ औं र २९ औं मिनेटमा गोल गरे।

खेलको ३५ औं मिनेटमा जर्मर्नीका म्याक्स अर्नोल्डले रिचार्लिसनमाथि फउल गरेपछि उनलाई रेफ्रीले पहेलो कार्ड देखाएका थिए।

पहिलो हाफको अन्तिममा पेनाल्टीको अवसर पाए पनि माथ्थिउस कुन्हाले बायाँ कुनामा प्रहार गरेको बल जर्मनीका गोलकिपर फ्लोरियन मुलबरले बचाए।

प्रकाशित: Jul 22, 2021| 12:28 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।