बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना उद्गमस्थल अनुसन्धान : राजनीतिकरण गरिएको चीनको आरोप

कोरोना उद्गमस्थल अनुसन्धान : राजनीतिकरण गरिएको चीनको आरोप

कोरोना भाइरसको उद्गमस्थलबारे दोस्रो चरणको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओे)ले गरेको प्रस्ताव चीनले अस्वीकार गरेको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- कोरोना भाइरसको उद्गमस्थलबारे दोस्रो चरणको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओे)ले गरेको प्रस्ताव चीनले अस्वीकार गरेको छ।

National life

डब्ल्युएचओेले कोरोना भाइरसको उद्गमस्थलबारे अनुसन्धानमा सहयोग गर्न चीनलाई अनुरोध गरेको थियो।
डब्ल्युएचओका प्रमुख डा.टेड्रोस अड्हानोम गेबरियससले कोरोना उद्गमस्थल अनुसन्धानको दोस्रो चरणमा प्रयोगशालाको तथ्यांक र अडिटसहित समन्वय गर्न आग्रह गरेका थिए।

चीनका सहायक स्वास्थ्यमन्त्री जेन यिक्सिनले चीनले विज्ञानप्रतिको सामान्य ज्ञान र अहंकारलाई स्वीकार नगर्ने बताएका छन्।

‘कोरोना भाइरसको उद्गमस्थललाई लिएर चरम राजनीति भइरहेको छ चीनले यसलाई स्वीकार गर्दैन’ उनले भनेका छन्।
विश्व स्वास्थ्य संगठनले आफ्नो विशेषज्ञको टोली अनुसन्धानका लागि चीनको वुहान पठाइससकेकोे र उसले एकपटक ल्याबको रिपोर्ट परीक्षण गरिसकेको बताएको छ।

डब्ल्युएचओेका प्रमुखले कोरोना भाइरसको उद्गमस्थलबारे भेटिएका प्रमाण र ल्याबका रिपोर्टहरु यसै महिनाको सुरुवातमा सार्वजनिक गरेका थिए।
चीनका उपस्वास्थ्यमन्त्रीले डब्ल्युएचओेको भनाइले आफू चकित परेको र यो भनाइ चीनको प्रयोगशाला नियमविपरीत भएको बताएका छन्।

Laxmi sunrise bank
kumari

उनले विश्व स्वास्थ्य संगठनको प्रस्ताव स्वीकार गर्नु असम्भव भएको जनाएका छन्। ‘हामी आशा गर्दछौं विश्व स्वास्थ्य संगठनले चीनका विज्ञको सुझावलाई गम्भीरताका साथ मनन गरी यसलाई राजनीतिकरण नगरोस्, यसलाई महामारी  नै घोषणा गरोस्’ उनले भनेका छन्।

प्रकाशित: Jul 22, 2021| 10:58 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।