मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टोक्यो ओलम्पिकमा फुटबल सुरु : मेक्सिकोसँग फ्रान्स ४-१ गोलले पराजित

टोक्यो ओलम्पिकमा फुटबल सुरु : मेक्सिकोसँग फ्रान्स ४-१ गोलले पराजित

औपचारिक उद्घाटन भोलि (२३ जुलाईमा) भए पनि टोक्यो ओलम्पिक २०२० को फुटबल प्रतियोगिता भने सुरु भएको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- औपचारिक उद्घाटन भोलि (२३ जुलाईमा) भए पनि टोक्यो ओलम्पिक २०२० को फुटबल प्रतियोगिता भने सुरु भएको छ।

जापानको राजधानी टोक्यो सहरमा बिहीबार पुरुषतर्फको फुटबल प्रतियोगिता सुरु भएको हो। ओलम्पिक टिमको पहिलो खेलमा समूह सीको इजिप्टले स्पेनसँग प्रतिस्पर्धा गरेको छ। पहिलो खेलमा स्पेन र इजिप्टाले गोलरहित बराबरी खेल्दै १-१ अंक बाँडेका छन्।

अर्को खेलमा मेक्सिकोले फ्रान्सलाई ४-१ गोलले हराएको छ। मेक्सिकोका लागि अनेस्टो भेगा, फ्रान्सिस्को कोडोवा, कार्लोस अन्टुना र इडवर्ड अगुरीले गोल गरेका थिए। फ्रान्सका लागि आन्द्रै पियार जिन्याकले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै गोल गरेका थिए।

त्यस्तै अर्को खेलमा न्युजिल्याण्डले दक्षिण कोरियालाई हराएको छ। पुरुषतर्फ ४/४ टिमलाई चार समूहमा विभाजन गरिएको छ।

यता महिलातर्फका पहिलो दिनका ६ खेल सम्पन्न भएका छन्। सो खेलहरुमा अष्ट्रेलिया, नेदरल्याण्ड, स्वीडेन, ब्राजिल र ब्रिटेनले जित निकालेको छ। यता जापान र क्यानडाले भने १-१ गोलको बराबरी खेलेका छन्।

प्रकाशित: Jul 22, 2021| 10:21 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।