काठमाडौं- द हन्ड्रेड क्रिकेट प्रतियोगितामा पुरुषतर्फका खेल आज सुरु हुँदैछन्। इङ्ल्यान्ड र वेल्सको क्रिकेट बोर्डले नयाँ फम्र्याटको रुपमा विकास गर्दै गरेको सय बलको प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेल आज सुरु हुन लागेको हो।
हिजो (बुधबार) नै सुरु भएको महिलातर्फको पहिलो खेल भने सकिएको छ। सो खेलमा ओभल इन्भिन्सिबल र म्यानचेस्टर ओरिजिनल्सले प्रतिस्पर्धा गरेका थिए। सो खेलमा इन्भिन्सिबलले दुई बल बाँकी रहँदै पाँच विकेटको जित निकालेको थियो।
सो खेलमा साउथ अफ्रिकन अलराउन्डर डान भाव निइकेर्क प्लेयर अफ दि म्याच बनेकी थिइन्। उनले १५ बलमा १६ रन खर्चिएकी थिइन्। ब्याटिङमा पनि सानदार प्रदर्शन गरेकी किइकेर्कले ४२ बलमा ५६ रनको अर्धसतकीय पारी खेलिन्।
पुरुषतर्फ आज राति सवा ११ बजे सुरु हुने उद्घाटन खेलमा ओभल इन्भिन्सिबलले म्यानचेस्टर ओरिजिनलको सामना गर्नेछ। दुवै टिम जित निकाल्दै यो फर्म्याटअन्तर्गत भएको पहिलो खेलमा जितको रेकर्ड राख्न चाहन्छन्।
महिलातर्फ भने आज कुनै खेल छैनन्।
द हन्ड्रेडको विषेशता
द हन्ड्रेडमा एलबीडब्ल्यू नियम समावेश गरिएको छैन। त्यस्तै सुरुमा १५ ओभर ६ बलको र अन्तिम ओभरमा १० बल हुने गरी नियम बनाइएको थियो। तर पछि ईसीबीले नियम परिवर्तन गर्दै १० बलको एक ओभर हुने बनाएको थियो। यसमा एक खेलाडीले कप्तानको आदेशअनुसार लगातार पाँच वा १० बल गर्न सक्नेछन्। र, एक बलरले अधिकतम २० बलसम्म प्रहार गर्न सक्नेछन्।
त्यस्तै खेलमा २५ बलको पावर प्ले दिइनेछ। टी–२० मा ३६ बलको (६ ओभर) पावर प्ले हुने गर्छ। तर द हन्ड्रेडमा त्यसलाई ११ बल घटाइएको छ। खेल साढे दुई घण्टामा सक्नुपर्ने नियम छ। यस क्रममा आफ्नो निर्धारित विकेट सुरक्षित गर्दै जुन टिमले धेरै रन बनाउँछ, उसले खेल जित्छ।